नेपालमा मात्र देखिने बनाएर बार्सिलोनाले शेयर गर्‍यो प्रियंकाको फोटो, भन्यो – वी लभ नेपाल « Khabarhub

नेपालमा मात्र देखिने बनाएर बार्सिलोनाले शेयर गर्‍यो प्रियंकाको फोटो, भन्यो – वी लभ नेपाल


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वचर्चित फुटबल क्लब बार्सिलोनाले नायिका प्रियंका कार्कीको तस्वीर शेयर गर्दै नेपालप्रति प्रेम दर्शाएको छ । बार्सिलोनाले आफ्नो फेसबूक पेजमा ‘वी लभ नेपाल’ भन्दै नायिका प्रियंका कार्कीको तस्वीर शेयर गरेको हो ।

तर, बार्सिलोनाले यो पोस्टलाई नेपालमा मात्र देखिने गरी शेयर गरेको छ । अर्थात् यो पोस्ट विश्वभरिबाट लाइक गरेका फ्यानले देख्न पाउने छैनन् । यद्यपि नेपाली फ्यानले भने बार्सिलोनाप्रति माया दर्शाएका छन् ।

यतिबेला युरोपको भ्रमणमा रहेकी प्रियंका फुटबल हेर्नका लागि स्पेन पुगेकी थिइन् । उनले नाउ क्याप्ममा स्पेनिस ला–लिगाअन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेल प्रत्यक्ष हेरेकी थिइन् ।

प्रेमी आयुष्मान देशराज जोशीसँग युरोप यात्रामा रहेकी प्रियंकाले सामाजिक सञ्जालमार्फत अपडेट दिइरहेकी थिइन् ।

सोमबार बार्सिलोनाले आफ्नो आधिकारिक फेसबूक पेजमा प्रियंकाको तस्वीर शेयर गर्दै नेपाली फ्यानप्रति माया दर्शाएको हो । क्याप्सनमा बार्सिलोनाले लेखेको छ – हामी नेपाललाई माया गर्छौं ।

नेपालमा पनि फुटबल क्लब बार्सिलोनाका हजारौं फ्यान छन् ।

सामाजिक सञ्जालमा प्रियंकाले आयुष्मानसँग घुमघामका अन्य तस्वीर पनि शेयर गरेकी छिन् ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : ५३ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई