‘साङ्लो’मा काम गर्नुअघि म डिप्रेसनमा थिएँ: निकिता चण्डक « Khabarhub

‘साङ्लो’मा काम गर्नुअघि म डिप्रेसनमा थिएँ: निकिता चण्डक


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमिस नेपाल निकिता चाण्डक सन् २०१७ मा ‘मिस नेपाल’ को उपाधि जितेपछि एकाएक चर्चित बनिन् । सानैदेखि मोडलिङ क्षेत्रमा आउने उनको सपनालाई मिस नेपालको प्लेटफर्मले काम गर्‍यो ।

मिस नेपाल भएपछि चर्चामा रहेकी निकिताले फिल्म ‘रानीमहल’ बाट फिल्म क्षेत्रमा डेब्यु गरिन् । उक्त फिल्मबाट निकिता उत्तिकै आशावादी पनि थिइन् । तर, फिल्म पूरा नहुँदै निर्माण टिममा लफडा भएपछि बाँकी काम रोकियो । फिल्म पूर्ण हुन नसकेपछि निकिताको विश्वास पनि उड्यो ।

‘यो फिल्मबाट मैले धेरै आशा गरेकी थिएँ, फिल्म नै नबनेपछि मलाई धेरै चोट पुग्यो,’ निकिताले खबरहबसँगको कुराकानीमा भनिन्, ‘साङ्लो फिल्मभन्दा अघिको समय मलाई साँच्चिकै गाह्रो भएको थियो ।’

पहिलो फिल्ममा नै रिलिज नहुँदा आफूलाई निकै चोट पुगेको निकिताले बताइन् । उनले आफू त्यो बेला ‘डिप्रेसन’ मा पुगेको पनि बताइन् ।

‘मैले मेहनत पनि उत्तिकै गरिरहेकी थिएँ, त्यो मेहनतको आउटपुट कस्तो आउला भन्ने सोचेकी थिएँ, तर फिल्म नै नबन्ने भयो, त्यो बेला म निकै हर्ट भएकी थिएँ,’ उनले भनिन् ।

केही महिना पीडा खेपेपछि आफू मनोविदकहाँ पुगेको र मनोविदले शर्ट टम डिप्रेसन (छोटो समयका लागि डिप्रेसन) भएको बताएको उनले खुलाइन् । ‘मेडिटेसनपछि आफै ठीक हुन्छ भन्नुभएको थियो, साङ्लो फिल्मपछि भने काममा व्यस्त हुँदा त्यो कुरा मैले भुलेँ,’ उनले थपिन् ।

‘साङ्लो’ बाट पनि उनी आशावादी छिन् । तर, धेरै ठूलो आशा पनि गरेकी छैनिन् । किनकि फेरि उनलाई पुन: पीडा खेप्नु छैन ।

‘मलाई विराज (भट्ट) दाइले साङ्लोमा पहिले अफर गर्दा रिजेक्ट गर्न खोजेको कारण पनि त्यही थियो, बरु म अझै सिकेर तयारीका साथ फेरि यो क्षेत्रमा आउन चाहन्थेँ,’ निकिताले सुनाइन्, ‘अहिले भने मलाई योजस्तो राम्रो डेब्यु फिल्म अरु हुन सक्दैनथ्यो कि भन्ने लाग्छ ।’

निकिताले अहिले आफूलाई ‘साङ्लो’ लाई डेब्यु फिल्म भन्न रुचाउँछिन् । यो फिल्ममा उनी एक साधारण युवतीको भूमिकामा छिन् । विराज भट्टको पनि शीर्ष भूमिका रहेको यो फिल्ममा निर्देशन पनि भट्टकै छ ।

पछिल्लो समय चर्चामा रहेको यो फिल्म यही शुक्रवार अर्थात् माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : ५१ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले