‘साङ्लो’मा काम गर्नुअघि म डिप्रेसनमा थिएँ: निकिता चण्डक « Khabarhub

‘साङ्लो’मा काम गर्नुअघि म डिप्रेसनमा थिएँ: निकिता चण्डक


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमिस नेपाल निकिता चाण्डक सन् २०१७ मा ‘मिस नेपाल’ को उपाधि जितेपछि एकाएक चर्चित बनिन् । सानैदेखि मोडलिङ क्षेत्रमा आउने उनको सपनालाई मिस नेपालको प्लेटफर्मले काम गर्‍यो ।

मिस नेपाल भएपछि चर्चामा रहेकी निकिताले फिल्म ‘रानीमहल’ बाट फिल्म क्षेत्रमा डेब्यु गरिन् । उक्त फिल्मबाट निकिता उत्तिकै आशावादी पनि थिइन् । तर, फिल्म पूरा नहुँदै निर्माण टिममा लफडा भएपछि बाँकी काम रोकियो । फिल्म पूर्ण हुन नसकेपछि निकिताको विश्वास पनि उड्यो ।

‘यो फिल्मबाट मैले धेरै आशा गरेकी थिएँ, फिल्म नै नबनेपछि मलाई धेरै चोट पुग्यो,’ निकिताले खबरहबसँगको कुराकानीमा भनिन्, ‘साङ्लो फिल्मभन्दा अघिको समय मलाई साँच्चिकै गाह्रो भएको थियो ।’

पहिलो फिल्ममा नै रिलिज नहुँदा आफूलाई निकै चोट पुगेको निकिताले बताइन् । उनले आफू त्यो बेला ‘डिप्रेसन’ मा पुगेको पनि बताइन् ।

‘मैले मेहनत पनि उत्तिकै गरिरहेकी थिएँ, त्यो मेहनतको आउटपुट कस्तो आउला भन्ने सोचेकी थिएँ, तर फिल्म नै नबन्ने भयो, त्यो बेला म निकै हर्ट भएकी थिएँ,’ उनले भनिन् ।

केही महिना पीडा खेपेपछि आफू मनोविदकहाँ पुगेको र मनोविदले शर्ट टम डिप्रेसन (छोटो समयका लागि डिप्रेसन) भएको बताएको उनले खुलाइन् । ‘मेडिटेसनपछि आफै ठीक हुन्छ भन्नुभएको थियो, साङ्लो फिल्मपछि भने काममा व्यस्त हुँदा त्यो कुरा मैले भुलेँ,’ उनले थपिन् ।

‘साङ्लो’ बाट पनि उनी आशावादी छिन् । तर, धेरै ठूलो आशा पनि गरेकी छैनिन् । किनकि फेरि उनलाई पुन: पीडा खेप्नु छैन ।

‘मलाई विराज (भट्ट) दाइले साङ्लोमा पहिले अफर गर्दा रिजेक्ट गर्न खोजेको कारण पनि त्यही थियो, बरु म अझै सिकेर तयारीका साथ फेरि यो क्षेत्रमा आउन चाहन्थेँ,’ निकिताले सुनाइन्, ‘अहिले भने मलाई योजस्तो राम्रो डेब्यु फिल्म अरु हुन सक्दैनथ्यो कि भन्ने लाग्छ ।’

निकिताले अहिले आफूलाई ‘साङ्लो’ लाई डेब्यु फिल्म भन्न रुचाउँछिन् । यो फिल्ममा उनी एक साधारण युवतीको भूमिकामा छिन् । विराज भट्टको पनि शीर्ष भूमिका रहेको यो फिल्ममा निर्देशन पनि भट्टकै छ ।

पछिल्लो समय चर्चामा रहेको यो फिल्म यही शुक्रवार अर्थात् माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : ५१ बजे

औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

काठमाडौँ– विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक

झापामा भूमि समस्या समाधानको कामले गति लिँदै, ३३ परिवारले पाए लालपुर्जा

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या समाधानका

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण