‘धेरै आश्वासन पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?’ « Khabarhub

‘धेरै आश्वासन पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?’


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाका अव्यवस्थित बसोवासीले जग्गा दर्ता प्रक्रियामा भएको ढिलाइप्रति विरोध जनाउँदै सोमबार नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् ।

नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने अव्यवस्थित बसोवासीले जग्गा दर्ता प्रक्रियाको कामलाई अगाडि बढाउन माग गर्दै धर्ना दिएका हुन् ।

अव्यवस्थित बसोवासी जग्गा दर्ता समन्वय समितिले तीन दिनभित्र काम शुरु गर्न माग गर्दै नगरप्रमुख किसान गुरुङलाई ज्ञापनपत्र बुझाएका छन् ।

समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठले तीन दिनभित्र नापी टोली ‘फिल्ड’मा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताए ।

जग्गा दर्ता प्रक्रियाका लागि समिति गठन भएको नौ महिना बितिसक्दा पनि ठोस काम हुन नसकेकाले अबको तीन महिनामा लालपुर्जा पाउँछौँ भन्ने आशा हराउँदै जान थालेको श्रेष्ठले बताए । ‘एउटा नेता आउनुहुन्छ, सान्त्वना दिनुहुन्छ, लालपुर्जा पाउँछौँ कि भनेर आन्दोलन रोक्छौ, तर हाम्रो माग पूरा हुँदैन’, उनले भने ।

समितिका सदस्य राजन केसीले लालपुर्जा पाउने आश्वासनमा बाबुबाजे गुमाइसकेको बताउँदै लालपुर्जा पाउन जस्तोसुकै आन्दोलन गर्न पनि स्थानीयवासी तयार रहेको बताए । ‘लालपुर्जाका विषयमा धेरै आश्वासन पायौँ, तर लालपुर्जा कहिले पाउँछौँ ?’ उनले भने, ‘अब गफ होइन, परिणाम चाहिएको छ ।’

विगतमा नेताहरुले लालपुर्जा दिलाउँछौँ भनेर भोट मागे पनि सत्तामा पुगेपछि आफूहरुको मागलाई बिर्सेको केसीले आरोप लगाए । ‘चुनावको बेलामा सबै पार्टीले आफ्नो घोषणापत्रमा लालपुर्जाको विषय राखे’, उनले भने, ‘तर चुनावपछि सबैले आफ्नो प्रतिबद्धता भुल्दा वर्षौँदेखि स्थानीयवासी लालपुर्जाविहीन अवस्थामा बाँचिरहेका छन् ।’

यस क्षेत्रका करीब एक हजार घरधुरी बासिन्दा लामो समयदेखि लालपुर्जाविहीन अवस्थामा छन् । विसं २०११ देखि जग्गा दर्ता नहुँदा उनीहरु लालपुर्जाविहीन अवस्थामा छन् ।

विसं २०५६ मा दर्ता प्रक्रियामा रहेको उक्त जग्गा आम निर्वाचनलाई प्रभावित पार्ने भन्दै रोक्का गरिएपछि यहाँका स्थानीयवासीले लालपुर्जा पाउन सकेका छैनन् । जग्गा दर्ताका लागि यहाँका स्थानीयवासीले विगतमा प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेतालगायतको पनि ध्यानाकर्षण गराएका थिए ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले नगरपालिकामा रहेको अव्यवस्थित घरजग्गा दर्ता गर्न प्रक्रियासमेत अगाडि बढाएको थियो । केही महिना अगाडि नगरपालिका–७ स्याउलीबजारका स्थानीयवासीसँगको भेटघाटमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नै लालपुर्जा दिलाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १२ : ०८ बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने