बैंकर्सको पहिलो रोजाइ बन्न पुग्यो टाटा नेक्सन « Khabarhub

बैंकर्सको पहिलो रोजाइ बन्न पुग्यो टाटा नेक्सन


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन बैंकर्सको पहिलो रोजाई बन्न पुगेको छ ।

हालैमात्र हिमालयन बैंक लिमिटेडलाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको थियो । यसअघि नेपाल एसबीआई बैङ्क तथा अन्य बैङ्कहरुलाई पनि टाटा नेक्सन लगाएतका गाडीहरू डेलिभरि गरिएको थियो । साथै अन्य बैङ्क तथा वित्तिय संस्थाहरु र व्यवसायिक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भइरहेको सिपद्रीले जनाएको छ ।

टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्‍याइएको छ ।

टाटा नेक्सनमा उपलब्ध २०९ एम‍एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन ५ वटा भेरियन्टहरूमा उपलब्ध छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ४ : ०६ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै