१० वर्षीय बालक अपरहणको अभियोगमा दुई जना पक्राउ « Khabarhub

१० वर्षीय बालक अपरहणको अभियोगमा दुई जना पक्राउ


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- १० वर्षीय बालकलाई अपरहण गरेको अभियोगमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

अपहरणमा परेका ती बालकको कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित सडकबाट आइतबार प्रहरीले उद्दार गरेको थियो ।

पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका–१४ गण्डक बहुअरी बस्ने रमेश राम र बारा प्रसौनी गाउँपालिका–५ प्रष्टोका बस्ने राजु राम रहेका छन् ।

गत शुक्रबार सरस्वती पूजाको बिसर्जन गर्न गएका ती बालक घर फर्की नआएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले खोजी जारी राखेको थियो ।

रामले अपहरणका मुख्य योजनाकार राजुलाई बुझाउन लैजाँदै गर्दा फेला पारी बालकको उद्दार गरेको हो । रामलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनकै मामा राजुले बालकलाई ललाइफकाई अपहरण गरी ल्याउनु भनी नगद ५० हजार रुपैयाँ दिन्छु भनेपश्चात उनले बालकलाई अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरु उपर अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ४ : ४० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु