कोरोनाको महामारीः चीनमा एकै दिन ६४ जनाको मृत्यु, ज्यान गुमाउनेकाे संख्या ४ सय २६ पुग्यो | Khabarhub Khabarhub

कोरोनाको महामारीः चीनमा एकै दिन ६४ जनाको मृत्यु, ज्यान गुमाउनेकाे संख्या ४ सय २६ पुग्यो

महामारी रोकथामको कामप्रति चिनियाँ नेतृत्व असन्तुष्ट


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसबाट एकै दिन ६४ जनाको मृत्यु भएपछि मृतकको संख्या ४ सय २६ पुगेको छ ।

मंगलबार हङकङमा एक जना बिरामीको मृत्यु भएपछि चीनबाहिर मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको थियो।

सोमबार बिहानदेखि मंगलबार बिहानसम्म थप ६४ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट २० हजार भन्दा बढी  संक्रमित रहेको जनाइएको छ ।

भाइरस नियन्त्रणको प्रयास प्रभावकारी भएनः चिनियाँ शीर्ष नेतृत्व

चीनको शीर्ष नेतृत्वले वुहानमा महामारीको रुपमा फैलिएको प्राणघातक कोरोना भाइरसको नियन्त्रणका लागि भएको प्रयासप्रति असन्तुष्टि जनाएको छ ।

प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ भएको चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्यहरुले बताएका छन ।

शक्तिशाली चिनियाँ कम्युनिस्ट पार्टीको ७ सदस्यीय स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने सुझाव समेत दिएको छ।

राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको बैठकले भाइरस उत्पति भएको भनिएको बन्यजन्तुको खोजी गरी त्यसलाई प्रयोगमा ल्याउनेलाई समेत कारबाहीको दायरमा ल्याउने तयारी गरिएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गैरकानुनी वन्यजन्तुको क्षेत्रलाई गम्भीरतापूर्वक हेरिनुपर्नेमा चिनियाँ शीर्ष नेतृत्व एकमत देखिएको छ । चमेरोबाट कोरोनो भाइरस फैलिएको आशंका गरिरहँदा त्यसको पुष्टि भए त्यसको प्रयोगमा नै प्रतिबन्ध लगाउनेसम्मको तयारी भएको छ ।

नयाँ कोरोनाभाइरस गैरकानूनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्य बजारबाट फैलिएको आशंका गरिएको छ।

अमेरिकासँग चीन आक्रोश

कोरोना भाइरसको प्रकोपलाई लिएर “त्रास फैलाउने गरी“ प्रतिक्रिया जनाएको भन्दै चीन सरकारले अमेरिकाको आलोचना गरेको छ ।

अमेरिकाले जनस्वास्थ्य संकट घोषणा गर्दै दुई सातायता चीन बसेका विदेशी नागरिकको आवागमनमा रोक लगाउने निर्णय गरेकोमा चीनले आपत्ति समेत जनाएको छ ।

अमेरिकाले प्रतिबन्ध लगाए लगत्तै अस्ट्रेलियाले पनि आफ्नो देशमा चिनियाँ नागरिकको आवागमनमा प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी प्रतिबन्धको असर स्वरुप नै हङ्कङले पनि चीनसँग जोडिएका १३ मध्ये १० वटा सीमाबाट मध्यरातदेखि मानिसको आवागमन रोक्ने जनाएपछि चिनियाँ धारणा बाहिरिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले खासमा यात्रुहरू अनौपचारिक रूपमा देश प्रवेश गरे त्यसले झन् भाइरसको सङ्क्रमण बढाउन सक्ने भन्दै सीमा बन्द गर्ने निर्णयप्रति सतर्क गराएको छ ।

अहिलेसम्म अमेरिका, अष्ट्रेलिया, जापान, जर्मनी लगायतका मुलुकले आफ्ना नागरिकलाई स्वेदश फर्काइसकेका छन् ।

वुहानका नेपाली अझै उद्दारको पर्खाईमा

कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट विभिन्न मुलुकहरुले आफ्ना नागरिक लगिसक्दा पनि नेपाल सरकार भने यहाँ ल्याएर राख्ने ठाउँ नटुंगिएको भन्दै आफ्ना नागरिक ल्याउन ढिलाई गरिरहेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले समेत यसबारे निर्क्यौल गर्न नसकेको खबरहरु बाहिरिएका छन् ।

यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पनि पत्रकार सम्मेलन गर्दै आज (मंगलबार) साँझसम्म ठाउँको निर्क्यौल भए बुधबार वुहानबाट नेपालीहरुलाई ल्याइने जनाएको छ ।

संक्रमण नै नभए पनि वुहानबाट ल्याइने नेपालीलाई दुई सातासम्म राखेर निगरानी गर्ने छुट्टै स्थानको खोजिमा सरकार जुटेको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार नेपाल आउन १ सय ८० जनाले इच्छा देखाएका छन् । उनीहरुले चीनस्थीत नेपाली दूताबासमा आवेदन समेत दिइसकेका छन् । नेपाल ल्याउनु अघि उनीहरुको चीनमै स्वास्थ्य परीक्षण गरिनेछ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ६ : ०३ बजे

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ