१४ औंँ महाधिवेशनले पार्टी विवाद समाधान गर्छः नेता सिंह « Khabarhub

१४ औंँ महाधिवेशनले पार्टी विवाद समाधान गर्छः नेता सिंह


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताएका छन् ।

पार्टी नेतृत्वले विधानलाई पाखालगाई आफूखुशी गरेकाले सङ्गठनभित्र विवाद देखिएको बताउँदै उनले विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट समाप्त हुने विश्वास व्यक्त गरे ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले केन्द्रीय कमिटीले सार्वजनिक गरेको कार्यतालिकालाई पूर्ण रुपमा पालना गरी शान्तिपूर्ण तथा भयरहित वातावरणमा १४औँ महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको प्रस्ट पारे ।

काँग्रेसभित्र विवादबारे बाहिर सञ्चार माध्यममा आएको समाचारजस्तो सही नभएको प्रस्ट्याउँदै उनले पार्टीलाई कमजोर पार्न गलत समाचार सम्प्रेषण भइरहेको बताए । नेता सिंहले सरकारले विनियोजन गरेको विकास बजेट खर्च गर्न नसक्नु सरकारको असफलता रहेको आरोप लगाए ।

युनियनका जिल्ला उपाध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयनारायण थानी, केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायत उपस्थिति थियो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : ०० बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील