चीनबाट ल्याइने नेपालीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने ! « Khabarhub

चीनबाट ल्याइने नेपालीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने !


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्‍ने तयारी गरेको छ ।

मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकले चीनबाट ल्याइने नेपाली नागरिकलाई भक्तपुरस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेको स्रोतले बताएका छ ।

स्रोतका अनुसार तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण गरेर मात्र त्यहाँ राख्ने विषयमा अन्तिम टुंगो लगाइने छ । तालिम केन्द्रको स्थितिबारे स्वास्थ्य मन्त्रालयका अधिकारीले निरीक्षण गर्नेछन् ।

बैठकमा मुख्यसचिव रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत सहभागी भएका थिए ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनको वुहानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काइने सरकारले तयारी गरे पनि राख्ने ठाउँको टुंगो लगाउन सकेको थिएन ।

सरकारले चीनबाट फर्काइएका नेपालीलाई राख्ने ठाउँको टुंगो लाग्ने वित्तिकै उनीहरुलाई स्वदेश फर्काइने यसअघि नै जानकारी दिइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार सरकारले नेपाली नागरिकालाई चीनबाट स्वदेश फर्काउनका लागि दुई वटा जहाज पनि तयारी अवस्थामा राखेको छ ।

उनका अनुसार चीनबाट नेपाल फर्किनका लागि १ सय ८० जनाले फारम समेत भरिसकेका छन् । चीनबाट नेपाल ल्याइएपछि उनीहरुलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गरिनेछ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय २६ पुगेको छ । मंगलबार हङकङमा पनि एक जना बिरामीको मृत्यु भएपछि चीनबाहिर मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ८ : २५ बजे

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम