विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना « Khabarhub

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका कप्तान लियोनल मेसी जरिवानामा परेका छन् ।

बुधवार सम्पन्न खेलमा फिलाडेल्फिया युनियनविरुद्ध बराबरी खेल्ने क्रममा विपक्षी खेलाडीको टाउकोमा झापड हानेका थिए । सुबरु पार्कमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

खेलको अन्त्यतिर युनियनका खेलाडी क्विन सुलिभानले बल पास गरेपछि आफूलाई कुहिना हानेको गुनासो गर्दै मेस्सीले सुल्लिभानको टाउको पछाडि हिर्काएका थिए । त्यसपछि सुलिभान आक्रोशित बनेका थिए ।

रेफ्रीले तत्कालै हस्तक्षेप गरेपछि अप्रिय घटना हुन पाएन । मेजर लिग सकरले मेस्सीलाई जरिवाना गरिएको पुष्टि गरे पनि जरिवानाको रकम भने सार्वजनिक गरेको छैन ।

यस खेलमा सुलिभानसँग विवाद गर्ने मेस्सी मात्र एक्लो खेलाडी थिएनन् । मियामीका इयान फ्रेलाई पनि लिगले जरिवाना गरेको छ। पेनाल्टी क्षेत्रमा लड्दा एक अर्कासँग अल्झिएका बेला फ्रेले सुलिभानको घाँटी समाएका थिए ।

तनावपूर्ण बनेको उक्त खेलमा इन्टर मियामीका यानिक ब्राइट र सुलिभानका भाइ क्याभानले अतिरिक्त समयमा रातो कार्ड पाएका थिए । तर, खेलको समीक्षापछि क्याभानमाथि लगाइएको एक खेलको प्रतिबन्ध भने फुकुवा गरिएको छ ।

यस खेलमा मेस्सीले मियामीका लागि दोस्रो गोल गरेका थिए । आफ्ना पिताको निधन भएपछि उनले गरेको यो पहिलो गोल हो ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ३ : १४ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय