बहुप्राविधिक शिक्षालय स्थापना हुँने « Khabarhub

बहुप्राविधिक शिक्षालय स्थापना हुँने


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुमपूर्वमा प्रदेशकै प्रतिष्ठित बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ।

भूमे गाउँपलिका–१ रुकुमको सिद्धचौर माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको हो । शिक्षालय स्थापनाको लागि प्रारम्भिक अध्ययन भइसकेको छ ।

प्रारम्भिक अध्ययनको लागि प्रदेशसभा सदस्य तेजबहादुर ओलीसहित शिक्षा तथा सामाजिक निर्देशनालय प्रदेश नं– ५ का शिक्षा निर्देशक मनोजकुमार गैरे, निर्देशनालयका लेखा अधिकृत सुरजकुमार चँदारा लगायतको टोली आएर फर्किएको छ ।

शिक्षालय स्थापना गर्न सिद्धचौर माविले आफ्नो भोगाधिकारको २४ रोपनी जग्गा प्रदेश नं–५ को शिक्षा निर्देशनालयलाई उपलब्ध गराइसकेको छ ।

शिक्षालय स्थापना गर्न ३५ रोपनी जग्गा आवश्यक पर्छ । तत्कालको लागि २४ रोपनी जग्गा उपलब्ध गराएको र बाँकी ११ रोपनी जग्गाको खोजी भइरहेकाले छिट्टै उपलब्ध गराउने जनाइएको छ ।

यस आर्थिक वर्षमा प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को लागि एक करोड बजेट छुट्याएको प्रदेशसभा सदस्य ओलीले बताए ।

एक करोड बजेटले डिपिआर गर्ने र कामको थालनी गरिने उनले बताए । आगामी फागुनको दोस्रो साताबाट डिपिआरको काम शुरु गरिने पनि उनले बताए । आवश्यक बजेट क्रमागत रुपमा छुट्याउँदै जाने र अर्को वर्षबाट भवन निर्माण गर्न बोलपत्र आह्वानको प्रक्रियालाई अगाडि बढाउने बताइएको छ ।

भौतिक पूर्वाधार निर्माणको काम पश्चात बहुप्राविधिक शिक्षालयमा कस्ता पाठ्यक्रम राखेर पठनपाठन सञ्चालन गर्ने, कति विषयलाई समावेश गर्ने भन्ने विषयमा प्रदेश सरकारले छलफल गरिरहेको प्रदेश सरकारले बताएको छ ।

नयाँ बन्न लागेको बहुप्राविधिक शिक्षालयमा विद्यार्थीले छात्रावाससहितको सेवासुविधा पाउनेछन् । पढ्नको लागि प्रदेश राजधानी वा काठमाडौंलगायतका ठूला शहर धाउनुपर्ने बाध्यताको अन्त्य हुने जिल्लावासीले बताएका छन् ।

रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा र बागलुङलगायत आसपासका क्षेत्रलाई मध्यनजर गरेर रुकुमपूर्वमा शिक्षालय स्थापना गर्ने निर्णय भएको बताइएको छ । प्रदेश नं– ५ को एकमात्र हिमाली र दुर्गम भनेर चिनिने रुकुमपूर्वको उक्त क्षेत्रलाई मध्यपहाडी लोकमार्गले छोएको र शहीदमार्गको नजिकै पर्ने भएको हुनाले समग्र विकासको लागि सो ठाउँ छनोट गरिएको प्रदेशसभा सदस्य ओलीले बताए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : ४० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका