हात्तीपाइले विरुद्ध औषधि वितरण हुने | Khabarhub Khabarhub

हात्तीपाइले विरुद्ध औषधि वितरण हुने


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – हात्तीपाइले रोग निवारणको औषधि ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रका जनताले कम प्रयोग गर्ने गरेको एक अन्तक्रिया कार्यक्रमका सहभागीले बताएका छन् ।

स्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित राष्ट्रिय हात्तीपाइले रोग निवारण ‘आम औषधि सेवन अभियान–२०७६’ अन्तर्गतको अन्तक्रियामा यही माघ २५ गतेदेखि नवौँ चरणको औषधि खुवाउने तथा घरदैलो कार्यक्रममा यो औषधि सेवनवाट ज्यानको कुनै पनि जोखिम नहुने जानकारी दिइएको थियो ।

मोरङ जिल्लामा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ स्थानीय निकायका नौ लाख २४ हजार ५६२ जनतालाई ‘डिईसी’ साना चक्की र जुकाका लागि ‘अलवेन्डाजोल’ ४०० एमजीको ठूलो चक्की गरी दुई वटा औषधि सेवन अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यो औषधि दुई देखि पाँच वर्ष उमेरका लागि एक, छ देखि १४ वर्षका लागि दुई र १५ वर्ष भन्दा माथिलाई तीन तथा जुकाका औषधि सबैलाई एक/एक चक्की खुवाउने कार्यक्रम छ ।

जिल्लामा १३ प्रतिशत जनतामा अहिले पनि हात्तीपाइले सङ्क्रमित हुने जानकारी दिँदै प्रत्येक वर्ष दुई पटक औषधि सेवनको अभियान सञ्चालन गरेको बताए ।

यो रोग लागेमा सुनिएको अङ्लाई दैनिक साबुन पानीले सफा गर्नुपर्दछ । रोग लागेपछि हाइड्रोसिल, यौनाङ् सुनिने, खुट्टा फुल्ने हिँड्डुल गर्न नसक्ने, दैनिक आयआर्जन कार्य गर्न सकिदैन ।

दुई वर्षमुनिका बालबालिका, सात दिन अगाडिका सुत्केरी र चिनी रोग, मिर्गौला रोगी तथा खाली पेटमा यो औषधि सेवन गर्न नहुने प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य जनसेवा विभागका प्रमुख डा सुरेश मेहताले बताए।

जिल्लाका मुख्य मुख्य स्थानमा बुथ स्थापना तथा घरदैलोमा ५०० तालीम प्राप्त स्वास्थ्यकर्मी र स्वयंसेवकको निगरानीमा यो औषधि सेवन गराइने भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई तथा मन्त्रीले औषधि सेवन गरी यही माघ २५ गते विराटनगरको शहीद रङ्गशालामा अभियानको शुभारम्भ गरिने जनाइएको छ ।

हात्तीपाईले जस्ता रोगले मानिसलाई अपाङ्ग एवं शारीरिक रुपमा कमजोर गर्ने भएकाले यसका विरुद्व औषधि सेवन गर्न कन्जुर्‍याई गर्न आग्रह गरिएको छ ।

विगत केही वर्षदेखि हात्तीपाईले रोगकोविरुद्धमा चक्की खुवाउने अभियान सरकारले सञ्चालन गरेपछि नयाँ पुस्तामा यो रोगको सङ्क्रमण न्यून हुने आशा गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ९ : ३२ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको