बालुवाटारमा प्रधानमन्त्री ओलीले बजाए बासुरी, सारंगीमा खनाल र नेपाल « Khabarhub

बालुवाटारमा प्रधानमन्त्री ओलीले बजाए बासुरी, सारंगीमा खनाल र नेपाल


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली लगायत सत्तारुढ दलका नेताले नेपाली माैलिक बाजा बासुरी र सारंगी बजाएर प्रधानमन्त्री निवास बालुवाटारमा रमाइलो गरे ।

मंगलबार बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको सांगीतिक साँझ कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल लोक बाजा बजाएका हुन्। जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा तस्वीर सार्वजनिक गरेका हुन्।

पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले दायाँबायाँ बसेर प्रधानमन्त्री ओलीलाई सांगितिक माहोलमा साथ दिए ।

सचिवालय सदस्यहरू र अन्य पाहुनाले ताली बजाएर साथ दिएका थिए । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै बालुवाटारमा प्रधानमन्त्रीले बाँसुरी धुन बजाएर सुनाएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा नेपाली मौलिक धुन, सारंगी साँझको आयोजना गरिएको हो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : २० बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना