प्रहरी प्रधान कार्यालयले गर्‍यो पाँच एसपीको सरुवा, चितवनमा नान्ती राज गुरुङ « Khabarhub

प्रहरी प्रधान कार्यालयले गर्‍यो पाँच एसपीको सरुवा, चितवनमा नान्ती राज गुरुङ


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रहरी प्रधान कार्यालयले पाँच एसपीको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार निकालेका काज सरुवा अनुसार चितवनमा नान्तीराज गुरुङलाई पठाइएको छ । यसअघि विवादका कारण त्यहाँ नगएकी एसपी गंगा पन्तलाई पर्सा जिल्लामा सरुवा गरिएको छ ।

चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको ठाउँमा पन्तलाई सरुवा गरेको भएपनि विवादका कारण उनलाई त्यहाँको रमाना दिइएको थिएन ।

चितवनमा गएका गुरुङ प्रहरी तालिम केन्द्रमा थिए ।  पर्साका एसपी सोमेन्द्रसिंह राठौरलाई महानगरीय प्रहरी परीसर टेकुमा सरुवा गरिएको छ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका एसपी कृष्णप्रसाद पगेंनीलाई बारा सरुवा गरिएको छ ।

यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी अशोक सिंहलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ । सिंहको रानीपोखरीमा दरबन्दी भए पनि महानगरीय प्रहरी परीसर काठमाडौंमा काजमा कार्यरत थिए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : ५२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको