कोरोना महामारी : ८० मुलुकमा संक्रमण, ३१ सय ६८ को मृत्यु, ९२ हजार बढि संक्रमित « Khabarhub

कोरोना महामारी : ८० मुलुकमा संक्रमण, ३१ सय ६८ को मृत्यु, ९२ हजार बढि संक्रमित


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ६८ पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् ।

अहिलेसम्म ८० मुलुकमा कोरोनाको संक्रमण देखिएको र फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

चीनमा सोमबार साँझ थप १ सय ७२ जनाको जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ४५ पुगेको छ । ८० हजार १ सय ५३ जना संक्रमित भएका छन्

चीन बाहिर १३ वटा मुलुकमा २ सय २१७ जनाको मृत्यु भएको छ । अरु ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ ।

चीन बाहिर सबैभन्दा धेरै इटालीमा ७९ जनाको मृत्यु भएको छ । यस्तै इरानमा ७७ जना, दक्षिण कोरियामा ३४, अमेरिकामा ९ जना, जापानमा ६, फ्रान्समा ४, हङकङमा २ तथा थाइल्याण्ड, अष्ट्रेलिया, सन मारिनो, फिलिपिन्स, ताइवान र स्पेनमा १/१ जनाको मृत्यु भएको छ ।

चीनबाहिर १२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।

चीन बाहिर संक्रमणको संत्रास  

दक्षिणको कोरियामा कोरोनाबाट थप ४ जनाको संक्रमितको मृत्यु भएपछि मृतकको संख्या ३४ पुगेको छ ।

त्यहाँ ८ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ५१ सय ८६ पुगेको छ ।

कोरोनाको संक्रमण फैलिएको सूचना लुकाएको भन्दै सिञ्चेओन्जी चर्चका पादरीमाथि छानविन सुरु गरिएको छ ।सरकारले चर्चका संस्थापक म्यान हीसहित १२ जनामाथी अनुसन्धान सुरु गरेको बताइएको छ ।

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । एकैदिन अरु २७ जना मृतकको संख्या थपिएपछि ज्यान गुमाउनेको संख्या ७९  पुगेको हो । यसअघि इटालीमा ५२ जनाले ज्यान गुमाएका थिए ।

४ सय ६६ जना नयाँ कोरोनाका संक्रमित थपिएपछि बिरामीको संख्या २५ सय २ पुगेको छ ।

इरानमा ७७ जनाको कोरोनाबाट मृत्यु हुँदा संक्रमितको संख्या २३ सय ३६ पुगेको छ । एकैदिन अरु ८ सय ३५ जनामा संक्रमण देखिएको छ।

इरानमा २३ जना सांसदमा समेत कोरोनाको संक्रमण देखिएको बताइएको छ । जापानमा ६ जनाको मृत्यु भएको छ भने ३ सय १९ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा थप १ जनाको मृत्यु भएपछि अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ जनाको मृत्यु भएको छ भने २ सय ३३ जनामा संक्रमण देखिएको फ्रान्सेली अधिकारीहरुले पुष्टि गरेका छन् ।

स्पेनमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुने नेपाल भ्रमण गरेर फर्किएका एक ६९ बर्षीया पुरुष छन् । स्पेनमा संक्रमित हुनेको संख्या २ सय १० छ ।

जर्मनीमा कोरोना संक्रमितको संख्या २ सय ३१ पुगेको छ । यसअघि यहाँ १ सय ९६ जनामा संक्रमण देखिएको थियो । त्यहाँ ३१ जना कोरोनाका बिरामी थपिएको जर्मनीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिका–कोरोना भाइरसका कारण ९  जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा सोमबार थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो ।

अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ सय ३६ पुगेको छ ।

विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा ४५ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ ।

यसैसाता कतार, साउदी अरव, इक्वेडर लक्जेबर्ग आइरल्याण्ड, स्पेन लगायतका मुलुकमा कोरोनाको भाइरसको संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ६ : ४५ बजे

एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर

उत्तरी नाका खुलाउन किन चासो दिएन सरकारले ?

काठमाडौं- दश वर्षअघि सरकारले रसुवागढी–केरुङलाई उत्तरतर्फको प्रमुख व्यापारिक नाका घोषणा

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

सोलुखुम्बु– नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु