कोरोनाभाइरसको संक्रमण फैलिने डरले इरानमा ५४ हजार बढी कैदी रिहा ! « Khabarhub

कोरोनाभाइरसको संक्रमण फैलिने डरले इरानमा ५४ हजार बढी कैदी रिहा !


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान- चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ । चीन पछि सवैभन्दा बढी प्रभावित इरान बनेको छ । इरानमा कोरोनाभइरसबाट दुई साताको अवधिमै ७७ जनाको ज्यान गइसकेको छ ।

इरानमा कोरोनाको संक्रमण महामारीका रुपमा फैलिएपछि इरानले ५४ हजार भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरेको छ ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड-१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।

पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका “सुरक्षासँग सम्बन्धित कैदीहरू”लाई भने छाडिएको छैन।

एक ब्रिटिश सांसदका अनुसार इरानको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि चाँडै छुट्न सक्नेछिन्।

ट्यूलिप सिद्दिकले इरानी राजदूतलाई उद्धृत गर्दै जाग्हारी रेट्क्लिफ “सम्भवत: केही समयका लागि आज वा भोलि रिहा हुने” बताएकी छन्।

उनका पतिले शनिवार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोभिड-१९ भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए।

तर इस्माइलीले सोमवार बताएअनुसार त्यसपछि उनले परिवारसँग सम्पर्क गरिन् र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको जानकारी दिइन्।

विदेश मन्त्रालयका एक अधिकारीले भने, “हामी इरानी सरकारलाई तत्कालै स्वास्थ्यकर्मीहरूलाई एविन जेलभित्र जान दिइयोस् र त्यहाँ रहेका ब्रिटेन र इरानको दोहोरो नागरिकता भएका व्यक्तिहरूको अवस्थाबारे जाँच गरियोस् भन्ने आह्वान गर्छौँ।”

विश्वभरि अहिले ९०,००० जनाभन्दा बढीमा कोभिड-१९ भएको पुष्टि भइसकेको छ।

गत डिसेम्बरको अन्त्यतिरबाट सुरु भएको उक्त संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३,१०० नाघेको छ। इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ जनाको ज्यान गइसकेको छ।

इरानी अधिकारीहरूले मङ्गलवार लगातार दोस्रो दिन संक्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको बताएका छन्। पुष्टि भएको सङ्ख्या २,३ सय ३६ भए पनि वास्तविक सङ्ख्या धेरै भएको अनुमान छ।

अफगानिस्तान, क्यानडा, लेबनन, पाकिस्तान, कुवेत, बाहरेन, इराक, ओमन, कतार र संयुक्त अरब इमिरेट्समा पनि इरानसँग जोडिएका व्यक्तिहरूमा संक्रमण पाइएको छ।

इरानका कैयौँ वरिष्ठ अधिकारीहरूमा पनि संक्रमण देखिएको छ। त्यहाँको आकस्मिक स्वास्थ्य सेवाका प्रमुख पिरहुसेनी कोलिभान्डमा पनि संक्रमण भएको पुष्टि भएको छ।

दुई सय ९० सांसदमध्ये २३ जनामा पनि संक्रमण देखिएको छ। सोमवार त्यहाँका सर्वोच्च नेता आयातोल्लाह खामेनेईका एक सल्लाहकारको पनि कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : ४९ बजे

अशोकको विवादले फिल्म ‘पार्वती’को टिजर रोकियो

काठमाडौं – गायक अशोक दर्जीमाथि ‘दुर्व्यवहार’ भएको भिडियो सार्वजनिक भएपछि

छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

महेन्द्रनगर– छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका गर्न त्यस्ता

देवानगञ्जको असर : मोरङमा डिजे बजाउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही हुने

विराटनगर- सुनसरीको देवानगञ्ज तनावपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र डिजे

२४ घण्टामा विपद्का ४२ घटना : ३ जनाको मृत्यु, २९ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४२ वटा घटना

देवानगञ्ज घटनापछि इनरुवा नगरपालिकामा दुई दिन शोक बिदा

इनरुवा- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज बजारमा साउन १० गते भएको