कोरोनाभाइरसको संक्रमण फैलिने डरले इरानमा ५४ हजार बढी कैदी रिहा ! « Khabarhub

कोरोनाभाइरसको संक्रमण फैलिने डरले इरानमा ५४ हजार बढी कैदी रिहा !


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान- चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ । चीन पछि सवैभन्दा बढी प्रभावित इरान बनेको छ । इरानमा कोरोनाभइरसबाट दुई साताको अवधिमै ७७ जनाको ज्यान गइसकेको छ ।

इरानमा कोरोनाको संक्रमण महामारीका रुपमा फैलिएपछि इरानले ५४ हजार भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरेको छ ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड-१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।

पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका “सुरक्षासँग सम्बन्धित कैदीहरू”लाई भने छाडिएको छैन।

एक ब्रिटिश सांसदका अनुसार इरानको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि चाँडै छुट्न सक्नेछिन्।

ट्यूलिप सिद्दिकले इरानी राजदूतलाई उद्धृत गर्दै जाग्हारी रेट्क्लिफ “सम्भवत: केही समयका लागि आज वा भोलि रिहा हुने” बताएकी छन्।

उनका पतिले शनिवार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोभिड-१९ भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए।

तर इस्माइलीले सोमवार बताएअनुसार त्यसपछि उनले परिवारसँग सम्पर्क गरिन् र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको जानकारी दिइन्।

विदेश मन्त्रालयका एक अधिकारीले भने, “हामी इरानी सरकारलाई तत्कालै स्वास्थ्यकर्मीहरूलाई एविन जेलभित्र जान दिइयोस् र त्यहाँ रहेका ब्रिटेन र इरानको दोहोरो नागरिकता भएका व्यक्तिहरूको अवस्थाबारे जाँच गरियोस् भन्ने आह्वान गर्छौँ।”

विश्वभरि अहिले ९०,००० जनाभन्दा बढीमा कोभिड-१९ भएको पुष्टि भइसकेको छ।

गत डिसेम्बरको अन्त्यतिरबाट सुरु भएको उक्त संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३,१०० नाघेको छ। इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ जनाको ज्यान गइसकेको छ।

इरानी अधिकारीहरूले मङ्गलवार लगातार दोस्रो दिन संक्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको बताएका छन्। पुष्टि भएको सङ्ख्या २,३ सय ३६ भए पनि वास्तविक सङ्ख्या धेरै भएको अनुमान छ।

अफगानिस्तान, क्यानडा, लेबनन, पाकिस्तान, कुवेत, बाहरेन, इराक, ओमन, कतार र संयुक्त अरब इमिरेट्समा पनि इरानसँग जोडिएका व्यक्तिहरूमा संक्रमण पाइएको छ।

इरानका कैयौँ वरिष्ठ अधिकारीहरूमा पनि संक्रमण देखिएको छ। त्यहाँको आकस्मिक स्वास्थ्य सेवाका प्रमुख पिरहुसेनी कोलिभान्डमा पनि संक्रमण भएको पुष्टि भएको छ।

दुई सय ९० सांसदमध्ये २३ जनामा पनि संक्रमण देखिएको छ। सोमवार त्यहाँका सर्वोच्च नेता आयातोल्लाह खामेनेईका एक सल्लाहकारको पनि कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : ४९ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा