प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण अघि गरिएको परीक्षणको सबै रिपोर्ट सामान्य, शल्यक्रियाका लागि 'अपरेसन थिएटर' लगिँदै | Khabarhub Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण अघि गरिएको परीक्षणको सबै रिपोर्ट सामान्य, शल्यक्रियाका लागि ‘अपरेसन थिएटर’ लगिँदै


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिर्गौला प्रत्यारोपण अघि गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण स्वास्थ्य परीक्षणको ‘रिपोर्ट नर्मल’ आएको छ ।

स्वास्थ्य परीक्षणको सबै रिपोर्ट नर्मल आएपछि प्रधानमन्त्रीलाई शल्यक्रियाका लागि अपरेसन थिएटरतर्फ लैजाने तयारी भएको अस्पतालका निर्देशक डा प्रेम खड्गाले जानकारी दिए ।

अपरेसन थिएटर लगेपछि केहिबेरमा शल्यक्रिया शुरु हुने डा खड्गाले बताए ।

यसअघि बिहान ९ बजेबाट प्रत्यारोपण शुरु हुने भनिएपनि प्रधानमन्त्रीको स्वास्थ परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले अप्रेसन थिएटरमा लगिएको थिएन ।

प्रधानमन्त्रीको सफल अपरेसनको कामना गर्दै मन्त्री तथा नेताहरु त्रिवि शिक्षण अस्पताल पुग्नेक्रम जारी छ । अस्पताल परिसरमा अनेरास्ववियूका विद्यार्थी तथा शुभचिन्तकको उपस्थिति बाक्लिँदै गएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : ५३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले