पाकिस्तानी सेनाविरुद्ध जेनेभामा प्रदर्शन | Khabarhub Khabarhub

पाकिस्तानी सेनाविरुद्ध जेनेभामा प्रदर्शन


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्विटजरल्याण्डको जेनेभामा संयुक्त राष्ट्रसंघ मानवअधिकार समितिको ४३ औं सम्मेलन चलिरहेका बेला पाकिस्तानी सेनाको ज्यादतीबिरुद्ध प्रदर्शन भएको छ ।

ब्रोकन चेयरमा गरिएको प्रदर्शनमा पाकिस्तानका सिन्धी, बलोच र पस्तुन समुदायका प्रदर्शनकारीको सहभागिता थियो ।

पाकिस्तानको सिन्धी, बलोच र पस्तुन समुदायले पाकिस्तानमा स्वतन्त्र राज्यको माग उठाइरहेका छन् ।

प्रदर्शनमा सहभागिहरुले पाकिस्तानी सेनाविरुद्ध नाराबाजी गरेका हुन् । पछिल्ला दशकमा पाकिस्तानमा बलोचहरुको सामूहिक चिहान फेला पर्दै आएका छन् ।

पाकिस्तानी सेनाले बलोचहरुविरुद्ध ज्यादती गर्दै आएको बताइन्छ । प्रदर्शनकारीले पाकिस्तानी सेना र प्रधानमन्त्री इमरान खानविरुद्ध चर्को नारा लगाएका थिए ।

पस्तुन नेता मुस्तफा पस्तुनले प्रदर्शनलाई सम्बोधन गर्दै पाकिस्तानी सेना र सरकारले पस्तुनहरुमाथि ज्यादती गरेको आरोप लगाएका थिए ।

उनले पाकिस्तानी सेनाले आतंकवादलाई सहयोग गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफूहरुको रक्षाका लागि आह्वान समेत गरे । प्रदर्शनमा इटालीकी मानवअधिकारकर्मी फ्रान्सेस्काको समेत सहभागिता थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १२ : १७ बजे

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो