पाकिस्तानी सेनाविरुद्ध जेनेभामा प्रदर्शन « Khabarhub

पाकिस्तानी सेनाविरुद्ध जेनेभामा प्रदर्शन


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्विटजरल्याण्डको जेनेभामा संयुक्त राष्ट्रसंघ मानवअधिकार समितिको ४३ औं सम्मेलन चलिरहेका बेला पाकिस्तानी सेनाको ज्यादतीबिरुद्ध प्रदर्शन भएको छ ।

ब्रोकन चेयरमा गरिएको प्रदर्शनमा पाकिस्तानका सिन्धी, बलोच र पस्तुन समुदायका प्रदर्शनकारीको सहभागिता थियो ।

पाकिस्तानको सिन्धी, बलोच र पस्तुन समुदायले पाकिस्तानमा स्वतन्त्र राज्यको माग उठाइरहेका छन् ।

प्रदर्शनमा सहभागिहरुले पाकिस्तानी सेनाविरुद्ध नाराबाजी गरेका हुन् । पछिल्ला दशकमा पाकिस्तानमा बलोचहरुको सामूहिक चिहान फेला पर्दै आएका छन् ।

पाकिस्तानी सेनाले बलोचहरुविरुद्ध ज्यादती गर्दै आएको बताइन्छ । प्रदर्शनकारीले पाकिस्तानी सेना र प्रधानमन्त्री इमरान खानविरुद्ध चर्को नारा लगाएका थिए ।

पस्तुन नेता मुस्तफा पस्तुनले प्रदर्शनलाई सम्बोधन गर्दै पाकिस्तानी सेना र सरकारले पस्तुनहरुमाथि ज्यादती गरेको आरोप लगाएका थिए ।

उनले पाकिस्तानी सेनाले आतंकवादलाई सहयोग गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफूहरुको रक्षाका लागि आह्वान समेत गरे । प्रदर्शनमा इटालीकी मानवअधिकारकर्मी फ्रान्सेस्काको समेत सहभागिता थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १२ : १७ बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका