भगवान शिवको उपासना गर्दा गर्न नहुने १५ गल्ती « Khabarhub

भगवान शिवको उपासना गर्दा गर्न नहुने १५ गल्ती


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भगवान शिवको उपासना गर्दा हर प्रकारका कष्ट निवारण हुने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

शिव प्रसन्न भएमा जीवनमा कुनै संकट नआउने धार्मीक मान्यता छ । करौडौ श्रद्धालु हरेक दिन भगवान शिवको पूजाआराधना गर्दछन् ।

तर शिवलाई प्रसन्न पार्ने नाममा कहिलेकाँही केहि विधि र सामग्रीमा ख्याल पुर्‍याइएन भने यसबाट शिवलाई प्रसन्न पार्न सकिन्न । त्यसैले शिवको पूजा गर्दा यी विषयमा विचार पुर्‍याउनुपर्छ ।

१. भगवान शिवलाई तुलसीको पात वा तुलसीको कुनै पनि सामग्रीबाट पूजा गर्नुहुँदैन । तुलसीलाई विष्णु निकट मानिन्छ, जसलाई शिवले स्विकार गर्दैनन् । यसर्थ शिवको उपासनामा तुलसी चढाउनु बर्जित छ ।

२. तिल वा तिलबाट बनेका कुनै पनि प्रसाद, तेल लगायतका कुनै पनि वस्तु भगवान शिवलाई अर्पण गर्नुहुँदैन ।  तिल भगवान विष्णुको मयल(मैलो)बाट उत्पन्न भएको मानिन्छ  । यसर्थ तिल भगवान शिवलाई चढाउनु बर्जित छ ।

३. भगवान शिवको उपासनामा बेसार पनि चढाउनु हुँदैन । बेसारको सम्बन्ध भगवान विष्णु र सौभाग्यसँग रहेको छ ।

अन्यथा बेसार चढाउने ब्यक्तिको चन्द्रमा पक्ष कमजोर भई मन चञ्चल हुन्छ । कुनै पनि क्षेत्रमा परीपक्क काम गर्न सकिदैन ।

४. भगवान शिवलाई उमालिएको दुध पनि चढाउनु हुँदैन । उमालिएको दुधबाट शिवको अभिषेक गर्नु हानिकारक मानिन्छ ।  शिवलिंगको अभिषेक सदैव चिसो पानी वा काँचो दुधबाट गर्नुपर्दछ ।

५. भगवान शिवलाई नरीवल चढाउन सकिन्छ । तर नरीवलको पानिको अभिषेक गर्नुहुँदैन । अन्यथा धन हानी हुन्छ ।

६. भगवान शिवलाई अक्षता अर्थात रातो रंगमा मुसिएको चामल चढाउँनु हुँदैन ।

७. टुक्रिएको चामल अर्थात कनिका समेत शिवलाई अर्पण गर्न बर्जित छ ।

८. भगवान शिवलाई शंख अर्पण गर्नुहुँदैन । शंखलाई शिवले बध गरेको असुरको प्रतीक मानिन्छ।

९. कालो रंगको वस्त्र पहिरीएर शिब पुजन गर्नुहुँदैन । शिवलाई प्रसन्न पार्न गेरु वस्त्रको धारण उत्तम मानिन्छ ।

१०. शिवलिंगमा चढाइएको प्रसाद भक्तले ग्रहण गर्नु हुँदैन, यसबाट दुर्भाग्य निम्तिन्छ ।

११. शिवको अभिषेक गर्दा हमेशा सुन, चाँदी वा कासबाट बनेका भाडावर्तनबाट गर्नुपर्दछ । स्टील वा प्लास्टिकका भाडा शिव पुजनका क्रममा उत्तम मानिदैन ।

१२. शिवलिंगमा पुजा गर्दा सबैभन्दा पहिला पञ्चामृत अर्पण गर्नुपर्दछ ।

१३. शिवलाई तीन वटा पात स्पष्ट भएको, नच्यातिएको बेलपत्र घोप्टाएर मात्र अर्पण गर्नुपर्छ ।

१४. शिवको उपासनामा केवल सेतो रंगको मात्र फुल अर्पण गर्नुपर्दछ । किनकी सेतो रंग भगवान शिवको प्रीय रंग हो ।

१५. शिवको आराधना गर्दा कुनै मन्त्र नआए १ सय ८ पटक ॐ नमः शिवाय मन्त्रको जप गरे अरु कुनै मन्त्रको उच्चारण गर्नु पर्दैन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १२ : ३७ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर