काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ ।
दसैंका लागि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएसँगै टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको हो ।

दसैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुहरू अग्रिम टिकट लिन नयाँ बसपार्क पुग्न थालेका छन् । टिकट बुकिङ खुला भएसँगै बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको छ ।
दसैंका बेला यात्रुको चाप बढ्ने भएकाले समयमै टिकट लिएर यात्रा सुनिश्चित गर्न सर्वसाधारण अग्रिम बुकिङका लागि बसपार्क पुग्न थालेका हुन् ।

























प्रतिक्रिया