प्रधानमन्त्रीलाई केही बेरमा अप्रेसन थिएटरबाट आइसीयूमा ल्याइँदै « Khabarhub

प्रधानमन्त्रीलाई केही बेरमा अप्रेसन थिएटरबाट आइसीयूमा ल्याइँदै


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण सकिएको छ ।

बुधवार(आज) त्रिवि शिक्षण अस्पतालमा डा प्रेम राज ज्ञवालीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला सफल रुपमा प्रत्यारोपण गरेको अस्पतालको उच्च स्रोतले जानकारी दियो ।

आज विहान १० बजे प्रधानमन्त्री ओलीलाई प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगिएको थियो ।

‘प्रधानमन्त्रीज्यूमा मिर्गौैला प्रत्यारोपणको काम सफता पूर्वक सम्पन्न भएको छ’ अस्पताल स्रोतले भन्यो,‘ प्रत्यारोपण सकिएको १५ मिनेटपछि ५ सय एमएल पिसाव भएको छ ।’

प्रधानमन्त्रीलाई उनकी भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनको अवस्था पनि राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई केही बेरमा अप्रेसन थिएटरबाट आइसीयूमा सारिने डा अरुण सायमीले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ३ : २२ बजे

वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर

कावासोती – चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

लुम्बिनी – दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ।

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

शरणार्थी र नेदरल्यान्ड्सको सद्भाव

अहिले आप्रवासीको समस्या संसारभर फैलिएको छ। यो थुप्रै देशमा थपिएका

कागतीखेतीबाट वार्षिक २० लाख आम्दानी

पथरी – सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो