ओलीलाई पहिलो मिर्गौला दिएकी अञ्जानले भनिन्– पहिला मैले बचाउन पाएँ, अहिले भान्जीले बचाउनुभयो « Khabarhub

ओलीलाई पहिलो मिर्गौला दिएकी अञ्जानले भनिन्– पहिला मैले बचाउन पाएँ, अहिले भान्जीले बचाउनुभयो


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएकोमा पहिलो पटक मिर्गौला दिएकी बुहारी अञ्जान घिमिरे ओलीले प्रशन्नता व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि पहिलो पटक दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो । त्यसबेला भाइबुहारी अञ्जान घिमिरे ओलीले मिर्गौला दिएकी थिइन् ।

प्रधानमन्त्री ओलीलाई अप्रेसन थिएटरमा लैजानु भन्दा केही समयअघि नै टिचिङ अस्पताल पुगेकी अञ्जनाले दिनभर प्रधानमन्त्री ओलीको सफल प्रत्यारोपणको कामना गर्दैै अस्पतालमा बसिन् ।

‘निकै खुसी लागेको छ । पहिलो पटक मैले बचाउन पाएँ । अहिले भान्जीले बचाउनु भयो’ खबरहबसँगको कुराकानीमा उनले भनिन् ।

बुधवार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका छन् ।  अञ्जान घिमिरे ओलीकी भान्जी समिक्षा संग्रौलाले प्रधानमन्त्रीलाई मिर्गौला दिएकी थिइन् ।

प्रधानमन्त्री र भान्जीलाई भेट्न जान मन भएपनि अहिले नमिल्ने तर आफू प्रत्यारोपण सफल भएकोमा अत्यन्त खुसी भएको उनले बताइन् ।
आफूले प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना हुनुभन्दा एक दिन अघि भेटेको अञ्जानले सुनाइन् ।

‘यहाँ भर्ना हुनुभन्दा अघिल्लो दिन भेट भएको थियो । उहाँले पहिला भन्दा धेरै नयाँ नयाँ प्रविधी आएको छ नआत्तिनु भनेर मलाई सम्झाएर पठाउनु भयो’ उनले भनिन् ।
आफूलाई भान्जीले प्रधानमन्त्री लाई मिर्गौला दिने निर्णय गरेपछि यसबारे सोधेको अञ्जानले बताइन् ।

‘दुख्ने ओर्ने हुन्छ कि हुँदैन भनेर सोध्नु भएको थियो’ अञ्जानले भनिन्,‘निर्णय गरिसकेपछि मसँग सल्लाह गर्नुभएको थियो ।

आफूले उदाहरणमा ‘मलाई नै हेर्नु न’ भन्ने जवाफ दिएका र नआत्तिन भनेको उनले सुनाइन् ।

‘भान्जी आटिली हो । माइजु गोता गएकी होलिन् !’ उनले हास्दै भनिन् ।

प्रत्यारोपण गरिएको पन्ध्र मिनेटपछि प्रधानमन्त्रीलाई आधा लिटर पिसाव भएको चिकित्सकहरुले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ३ : ५६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी