रेखा थापा भन्छिन् – यो क्षेत्र नै रहँदैन भने हामी कोही पनि रहँदैनौं « Khabarhub

रेखा थापा भन्छिन् – यो क्षेत्र नै रहँदैन भने हामी कोही पनि रहँदैनौं


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रेखा थापाका फिल्म खासै सफल भएका छैनन् । कुनै बेला दिनमा ४ देखि ५ वटा फिल्मको शूटिङ गर्ने बताउने रेखाका हातमा यतिबेला फिल्म छैनन् । बरु उनी निर्माताका रुपमा सक्रिय रहन प्रयासरत छिन् ।

पछिल्लो समय नेपाली फिल्मले खासै दर्शक पाउन सकेका छैनन् । अझ रेखाका फिल्म त झन् असफल नै भएका छन् । रेखा भन्छिन् – सबै चलचित्र चल्नुपर्छ ।

‘जब यो क्षेत्र नै रहँदैन भने हामी कोही पनि रहँदैनौं,’ रेखा भन्छिन्, ‘यहाँ फिल्म क्षेत्रमा पनि कित्ताकाट छ, ट्रेलर आउनासाथ यो फिल्म चल्नुहुँदैन भन्ने छ ।’

बुधवार फिल्म ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिकीकरण कार्यक्रममा बोल्दै रेखाले केहीले नेपाली फिल्मकर्मीलाई विभेद गरेको आरोप लगाइन् । उनले नेपालमा सबै चलचित्रले कमाइ गर्नुपर्नेमा पनि जोड दिइन् ।

‘एक निर्माताले कलाकारदेखि लिएर चटपट बेच्नेलाई पनि जागीर दिएको हुन्छ, तर हामीले निर्मातालाई हेप्ने ?,’ उनले भाषणको शैलीमा भनिन् ।

उनले कसैले कसैलाई लडाएर फाइदा नहुने पनि बताइन् । उनले भनिन्, ‘कोही खराब पनि हुँदैन, माथि पनि जाँदैन ।’

उनले पत्रकार र फिल्मकर्मीले हिट र फ्लपको संज्ञा दिइहाल्ने गरेको भन्दै त्यसो नगर्न आग्रह समेत गरिन् । ‘अलिकति पोजेटिभ पनि बनौं न,’ उनले भनिन् ।

साथै रेखाले कोरोनाले नेपालमा पार्न सक्ने प्रभावका बारेमा पनि बोलिन् । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन सबैलाई अनुरोध पनि गरौं ।

‘कोरोनाले मान्छे त्रसित छन् । सबैभन्दा ठूलो स्वास्थ्य हो । ख्यालख्याल गर्नुहुँदैन, सबैलाई ख्याल गर्नु अनुरोध गर्छु,’ उनले भनिन्, ‘धेरै डराउनु पनि पर्दैन तर ख्याल चाहिँ गर्नुपर्छ ।’

नायिका रेखा थापा ‘हिरो रिटर्न्स’ मार्फत पर्दामा आउँदैछिन् । यो फिल्ममा उनले सबिन श्रेष्ठसँग अनस्किृन रोमान्स गर्दैछिन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : ३७ बजे

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो