रेखा थापा भन्छिन् – यो क्षेत्र नै रहँदैन भने हामी कोही पनि रहँदैनौं « Khabarhub

रेखा थापा भन्छिन् – यो क्षेत्र नै रहँदैन भने हामी कोही पनि रहँदैनौं


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रेखा थापाका फिल्म खासै सफल भएका छैनन् । कुनै बेला दिनमा ४ देखि ५ वटा फिल्मको शूटिङ गर्ने बताउने रेखाका हातमा यतिबेला फिल्म छैनन् । बरु उनी निर्माताका रुपमा सक्रिय रहन प्रयासरत छिन् ।

पछिल्लो समय नेपाली फिल्मले खासै दर्शक पाउन सकेका छैनन् । अझ रेखाका फिल्म त झन् असफल नै भएका छन् । रेखा भन्छिन् – सबै चलचित्र चल्नुपर्छ ।

‘जब यो क्षेत्र नै रहँदैन भने हामी कोही पनि रहँदैनौं,’ रेखा भन्छिन्, ‘यहाँ फिल्म क्षेत्रमा पनि कित्ताकाट छ, ट्रेलर आउनासाथ यो फिल्म चल्नुहुँदैन भन्ने छ ।’

बुधवार फिल्म ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिकीकरण कार्यक्रममा बोल्दै रेखाले केहीले नेपाली फिल्मकर्मीलाई विभेद गरेको आरोप लगाइन् । उनले नेपालमा सबै चलचित्रले कमाइ गर्नुपर्नेमा पनि जोड दिइन् ।

‘एक निर्माताले कलाकारदेखि लिएर चटपट बेच्नेलाई पनि जागीर दिएको हुन्छ, तर हामीले निर्मातालाई हेप्ने ?,’ उनले भाषणको शैलीमा भनिन् ।

उनले कसैले कसैलाई लडाएर फाइदा नहुने पनि बताइन् । उनले भनिन्, ‘कोही खराब पनि हुँदैन, माथि पनि जाँदैन ।’

उनले पत्रकार र फिल्मकर्मीले हिट र फ्लपको संज्ञा दिइहाल्ने गरेको भन्दै त्यसो नगर्न आग्रह समेत गरिन् । ‘अलिकति पोजेटिभ पनि बनौं न,’ उनले भनिन् ।

साथै रेखाले कोरोनाले नेपालमा पार्न सक्ने प्रभावका बारेमा पनि बोलिन् । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन सबैलाई अनुरोध पनि गरौं ।

‘कोरोनाले मान्छे त्रसित छन् । सबैभन्दा ठूलो स्वास्थ्य हो । ख्यालख्याल गर्नुहुँदैन, सबैलाई ख्याल गर्नु अनुरोध गर्छु,’ उनले भनिन्, ‘धेरै डराउनु पनि पर्दैन तर ख्याल चाहिँ गर्नुपर्छ ।’

नायिका रेखा थापा ‘हिरो रिटर्न्स’ मार्फत पर्दामा आउँदैछिन् । यो फिल्ममा उनले सबिन श्रेष्ठसँग अनस्किृन रोमान्स गर्दैछिन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : ३७ बजे

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला