सशस्त्र प्रहरीद्वारा कोरोनाको संक्रमण राेक्न बाराका तीन स्थानमा ‘हेल्प डेस्क’ « Khabarhub

सशस्त्र प्रहरीद्वारा कोरोनाको संक्रमण राेक्न बाराका तीन स्थानमा ‘हेल्प डेस्क’


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सशस्त्र प्रहरीले बाराका तीन स्थानमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।

सशस्त्र प्रहरी बाराले भारतबाट आवागमन बढी हुने तीन स्थानको पहिचान गरी हेल्प डेस्क स्थापना गरेको हो ।

कलैया उपमहानगर पालिका वडा नं. १० स्थित मटिअर्वा, सिम्रौनगढ न.पा. ६ स्थित सतुही र सुवर्ण गाउपालिका वडा नं. ३ स्थित सन्तगंज कबहिगोठमा हेल्प डेस्क स्थापना गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदीले बताए ।

बाराको प्रमुख नाका मटिअर्वास्थित सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. मटिअर्वाले स्थापना गरेको हेल्प डेस्कको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले गरे । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले कोरोना भाइरस सम्बन्धी सचेतना एक व्यक्तिमा मात्र भएर नहुने भन्दै  घर-परिवार, समुदाय हुँदै जिल्ला भरका सबै नागरिमा हुनुपर्ने बताए । मानिसहरुको धेरै जमघट हुने गरी कुनै कार्यक्रम् नगर्न समेत पोखरेलले निर्देशन दिए ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराका गणपति सुवेदीले स्वास्थ्य चेतना संचालन अन्तरगत भएको यो कार्यक्रम जिल्लाको तीन स्थानमा आजैबाट शुरु भएको हुनाले यसबाट बढी भन्दा बढी फाइदा उठाउन अनुरोध गरे ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख कृष्ण पंगेनी, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख, जनप्रतिनिधिहरु तथा कलैया अस्पतालको डा. अन्जली चौरसिया लगायतको उपस्थिति भएको थियो । डा. चौरसियाले कोरोना भाइरस सम्बन्धी लक्षण, रोकथामको उपायहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

सुवर्ण गाउपालिकाको सतगंज गाउपालिकाका कार्यकारी अधिकृत तथा बी.ओ.पी. कबहिगोठ प्रमुख सशस्त्र प्रहरी निरीक्षक युकेश उप्रेती र सिम्रौनगढमा जनप्रतिनिधि तथा बी.ओ.पी. प्रमुख कविर मल्लले कोरोना सम्बन्धी सचेतना जगाउन हेल्प डेस्क संचालन गरिएको जानकारी दिए ।

जिल्लामा यसरी पहिलो पटक कोरोना भाइरस सम्बन्धी सचेतनामूलक हेल्प डेस्क स्थापना गरी सशस्त्र प्रहरी बलले गरेको अग्रसरताको प्रमुख जिल्ला अधिकारी पोखरेलले सराहना गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : ०९ बजे

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक