बैज्ञानिकहरुले पत्ता लगाए कोरोना संक्रमण फैलाउने दुई प्रजातिका भाइरस « Khabarhub

बैज्ञानिकहरुले पत्ता लगाए कोरोना संक्रमण फैलाउने दुई प्रजातिका भाइरस


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– गत वर्षको अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोनाको संक्रमण फैलाउने दुई प्रजातिका भाइरस पत्ता लागेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् ।

बेइजिङको पेकिङ विश्वविद्यालय, शाङ्घाई विश्वविद्यालय र चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरुले गरेको शोधअनुसार कोरोनाका भाइरसका दुई प्रजाति पत्ता लागेको हो ।

१०७ वटा नमूनाको अध्ययनपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । वैज्ञानिकहरुले यी दुई प्रजातिको नाम ‘एल’ र ‘एस’ राखेका छन् । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको ‘एल’ प्रजातिले अत्यन्त तीब्र गतिमा संक्रमण फैलाउने गर्छ ।

वैज्ञानिकका अनुसार सर्वप्रथम जनावरबाट मानिसमा ‘एस’ प्रजातिको कोरोना भाइरसको संक्रमण देखा परेको थियो ।

विश्वमा कोरोना संक्रमित मध्ये ७० प्रतिशतमा ‘एल’ प्रजातिको कोरोनाभाइरस पाइएको उनीहरुको भनाइ छ । यद्यपि संक्रमणको प्रकोप बढ्दै गएको अवस्थामा ‘एल’ प्रजातिको भाइरसको सक्रियता कम हुँदै गएको र समयसँगै ‘एस’ प्रजातिको भाइरस भने बढ्दै गएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : ३० बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला