बैज्ञानिकहरुले पत्ता लगाए कोरोना संक्रमण फैलाउने दुई प्रजातिका भाइरस | Khabarhub Khabarhub

बैज्ञानिकहरुले पत्ता लगाए कोरोना संक्रमण फैलाउने दुई प्रजातिका भाइरस


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– गत वर्षको अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोनाको संक्रमण फैलाउने दुई प्रजातिका भाइरस पत्ता लागेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् ।

बेइजिङको पेकिङ विश्वविद्यालय, शाङ्घाई विश्वविद्यालय र चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरुले गरेको शोधअनुसार कोरोनाका भाइरसका दुई प्रजाति पत्ता लागेको हो ।

१०७ वटा नमूनाको अध्ययनपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । वैज्ञानिकहरुले यी दुई प्रजातिको नाम ‘एल’ र ‘एस’ राखेका छन् । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको ‘एल’ प्रजातिले अत्यन्त तीब्र गतिमा संक्रमण फैलाउने गर्छ ।

वैज्ञानिकका अनुसार सर्वप्रथम जनावरबाट मानिसमा ‘एस’ प्रजातिको कोरोना भाइरसको संक्रमण देखा परेको थियो ।

विश्वमा कोरोना संक्रमित मध्ये ७० प्रतिशतमा ‘एल’ प्रजातिको कोरोनाभाइरस पाइएको उनीहरुको भनाइ छ । यद्यपि संक्रमणको प्रकोप बढ्दै गएको अवस्थामा ‘एल’ प्रजातिको भाइरसको सक्रियता कम हुँदै गएको र समयसँगै ‘एस’ प्रजातिको भाइरस भने बढ्दै गएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : ३० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न