बालबालिकालाई कोरोनाको संक्रमणबाट जोगाउन डा. रवीन्द्र पाण्डेका केही टिप्स | Khabarhub Khabarhub

बालबालिकालाई कोरोनाको संक्रमणबाट जोगाउन डा. रवीन्द्र पाण्डेका केही टिप्स


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण ६० भन्दा धेरै देशमा फैलिएको छ । रोग फैलिएको देशमा तथा कोरोनामुक्त देशमा पनि त्रासको वातावरण छ ।

आफ्ना बालबालिकालाई कसरी बचाउने भन्ने अभिभावकहरु गहिरो चिन्तामा छन् । घर, स्कुल लगायत सबैतिर कोरोना संक्रमणको हल्ला सुनेर बालबालिका झन त्रसित  छन् । बालबालिकालाई कोरोनाको संक्रमणबाट तथा कोरोना फोबियाबाट बचाउन सही जानकारी तथा उपाय अबलम्बन गर्न जरुरी रहेको जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताएका छन् ।

बालबालिकालाई कोरोनाको संक्रमणबाट कसरी जोगाउने ? डा पाण्डेका केही टिप्स यस्ता छन्-

– विश्वभर झन्डै एक लाख व्यक्तिमा कोरोना संक्रमण प्रमाणित हुँदा तथा ३ हजार भन्दा धेरै व्यक्तिको मृत्यु हुँदा बालबालिकामा कोरोना संक्रमण नगन्य मात्रामा देखिएको छ ।

– अहिले फैलिएको रुघाखोकी सिजनल तथा सामान्य रुघाखोकी हो । कोरोनाको लक्षण हैन । नेपाल हालसम्म कोरोनामुक्त छ ।

– बालबालिकाका गतिविधि, घुमफिर, काम, खानाको प्रकार तथा अन्य व्यक्तिहरुसंग सम्पर्क कम हुने भएकोले कोरोना सर्ने वातावरण कम हुन्छ ।

– बालबालिकामा दीर्घरोगहरु जस्तै क्यान्सर, मधुमेह, मुटुको रोग, दम, मृगौलाको रोग एचआईभी संक्रमण आदि हजारौंमा एकजनालाई पनि नहुने भएकोले जोखिम बर्गमा राखिएको छैन ।

– बालबालिकामा कोरोना संक्रमणको लक्षण सामान्य रुघाखोकीको जस्तो हुन्छ । जस्तै – खोकी, नाक बन्द हुने, नाकबाट पानी बगिरहने, पखाला लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने नै हो । ती लक्षण मौसमी रुघाखोकीसंग मिल्छन ।

– कोरोना संक्रमण भएको व्यक्तिले नजिकैबाट खोकेमा, हाच्छ्यु गरेमा नाक तथा मुखबाट आउने कणहरुले कोरोना सार्ने सम्भावना हुन्छ । ती र्‍याल, सिंगान, खोकीबाट आएका कण कुर्सी, बेन्च, डेस्क, गाडीको सिट, टावेल लगायतका कपडा आदिमा बस्न सक्छन् । ती ठाउँमा हातले छोएमा हात मार्फत शरीरमा प्रवेश गर्छन् ।

– यो रोगको कुनै खोप तथा औषधि नभएकोले घातक मानिएको हो । तर संक्रमण भएका १०० जनामा जम्मा २-३ जनाको मृत्यु हुन्छ | मृत्युदर धेरै उमेर भएका व्यक्तिमा उच्च देखिएको छ । संक्रमित बालबालिकामा मृत्युदर १००० जनामा एक जनामा पनि छैन । अर्थात ०.१ % भन्दा थोरैमा छ ।

– मास्कको अभाव भएमा डराउनु पर्दैन । निरोगी व्यक्तिको लागि मास्कको खासै काम छैन । संक्रमण भएको व्यक्तिले अरुलाई नसरोस् भनेर मास्क लगाउनु पर्ने जनस्वास्थ्य विद तथा वैज्ञानिकको मान्यता छ ।  मास्क लगाएपछि नाक चिलाउने, बोल्न गाह्रो हुने, चस्मामा बादल लाग्ने, मास्क मिलाउन बारम्बार हात मास्क, आँखा, नाक, मुख आदिमा गइरहने भएकोले झन् संक्रमणको डर हुन्छ । हामीकहाँ पाइने सर्जिकल / मेडिकल मास्क, कपडाका मास्क आदिले कोरोना भाइरस रोक्न सक्दैनन् । त्यसको लागि N 95 लगायतका स्तरीय मास्क मात्र उपयोगी हुन्छन ।

– कोरोनाको संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख, आँखा नछुने, कुहिनामा वा टिस्यू पेपरमा छ्युं गर्ने ( हातमा नगर्ने ), ह्याण्ड स्यानिटाइजर तथा स्प्रिट कपासले प्रत्येक घण्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने, तथा सफा टावेलले मात्र हात पुछ्ने ।

– भीडभाडमा नजाने, रुघाखोकी लागेको व्यक्तिसँग नजिकै नबस्ने, घुम्न नजाने ।

– मनतातो कागती पानी खाइरहने । मुख सुख्खा नराख्ने । अलिअलि पानी लगातार पिउने ।

– इन्फ्लुएन्जाको खोप लगाउने । यो खोपले अप्रतक्ष्य रुपमा रुघाकोकी सर्नबाट बचाउँछ ।

– मुखमा अमला, अदुवा, लसुन, ल्वांग राखिरहने ।

– घाममा बस्ने, कपडा घाममा राख्ने ।

– नियमित मुख कुल्ला गर्ने ।

– सरसफाइमा ध्यान दिने ।

– बाहिरको खाना सकभर नखाने । घरमै बनाएको खाना खाने ।

– सागसब्जी, फलफूल, दाल, गेडागुडी, दही प्रशस्त खाने ।

– बिना जरुरी काम घरबाट बाहिर ननिस्किने ।

– अरुका काँटा, चम्चा, प्लेट, तुम्लेट, टिफिन सेयर नगर्ने ।

– राम्रोसंग पाकेको माछामासु मात्र खाने । काँचो, हाफ बोइल नखाने ।

– बाटोमा बेच्ने चटपटे, पानीपुरी लगायतका खाना नखाने ।

– जनावरसंग धेरै नजिकिने नगर्ने ।

– इन्टरनेटमा भेटिने अपुष्ट कुराको विश्वास नगर्ने । डर नमान्ने | आफूलाई सिर्जनशील काममा व्यस्त राख्ने । अन्धविश्वासको पछि नलाग्ने ।

– रुघाखोकी छिटो निको नभएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकसंग जांच गराउने ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ६ : २० बजे

गेटाफेविरुद्ध रियल म्याड्रिड विजयी

काठमाडौं – स्पेनिस ला लिगामा रियल म्याड्रिडले गेटाफेलाई १-० ले

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं– आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी

आईपीएलमा ‘क्याच मिस’ को पीडा

उत्कृष्ट क्याचले विश्व क्रिकेटमा उपाधि उचालेका थुप्रै उदाहरण छन्। सन्

यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय र