बलात्कार प्रयासको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ « Khabarhub

बलात्कार प्रयासको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाल कम्युनिस्ट पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका अक्कल रावल बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) आरोपमा पक्राउ परेका छन् ।

फागुन १५ गते एक महिलाले दायर गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले रावललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले खबरहबलाई जानकारी दिए ।

एसपी गिरीका अनुसार जिल्ला अदालत कैलालीले फागुन १५ गते नै रावललाई पक्राउ गर्न अनुमति दिएको थियो ।

बुधबार प्रदेश सभा बैठकमा सहभागी हुन धनगढी आएको अवस्थामा रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले रावल पक्राउ गरेको विषयमा सुदूरपश्चिम प्रदेश सभा र प्रदेश सभा अध्यक्ष (सभामुख)लाई समेत जानकारी गराइएको जनाएको छ ।

रावल अछामको क्षेत्र नम्बर २ को प्रदेशसभा (क)बाट प्रत्यक्षतर्फ प्रदेशसभामा निर्वाचित भएका थिए । उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट संयुक्त वाम गठवन्धनको उम्मेदवारका रुपमा प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ६ : २६ बजे

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३