कोरोनाको आशंकामा चार जना टेकु अस्पताल भर्ना « Khabarhub

कोरोनाको आशंकामा चार जना टेकु अस्पताल भर्ना


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोराना भाइरस संक्रमणको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना भर्ना भएका छन् ।

कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक कोरोनाको आशंकामा अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए ।

‘अस्पतालमा भर्ना भएका चारै जनामा कोरोनाको परीक्षणको रिपोर्ट बिहीबार आउने छ ’, प्रवक्ता डा. बाँस्तोलाले भने,‘तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्‌काइटिस जस्तो देखिएको छ।’

डाक्टर  बास्तोलाका अनुसार ४ जनाकै कोरोना परिक्षणका लागि थ्रोड स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको छ।

मंगलबार मात्र अस्पतालमा कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : ४९ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ