काठमाडौं- कोराना भाइरस संक्रमणको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना भर्ना भएका छन् ।
कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक कोरोनाको आशंकामा अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए ।
‘अस्पतालमा भर्ना भएका चारै जनामा कोरोनाको परीक्षणको रिपोर्ट बिहीबार आउने छ ’, प्रवक्ता डा. बाँस्तोलाले भने,‘तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्काइटिस जस्तो देखिएको छ।’
डाक्टर बास्तोलाका अनुसार ४ जनाकै कोरोना परिक्षणका लागि थ्रोड स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको छ।
मंगलबार मात्र अस्पतालमा कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो।
प्रतिक्रिया