भीड जम्मा भएर होली खेल्न नपाइने, औपचारिक कार्यक्रममा पनि रोक « Khabarhub

भीड जम्मा भएर होली खेल्न नपाइने, औपचारिक कार्यक्रममा पनि रोक


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड गरेर  होली खेल्न निषेध गर्ने भएको छ ।

जिल्ला सुरक्षा समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भीड जम्मा भएर होली खेल्न निषेध गरेको हो ।

त्यसैगरी बैठकले काठमाडौंमा आयोजना गरिने सार्वजनिक कार्यक्रममा समेत रोक लगाउने भएको छ ।  पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खबरहबलाई जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको जनाएसँगै सरकारले कोरोनाको सम्भावित जोखिम रोक्न तीव्र तयारी थालेको छ ।

सरकारले कोरोनाको संक्रमणबाट जोगिन भीडभाडमा नजान तथा सभा-सम्मेलनको आयोजना नगर्न समेत अनुरोध गरिसकेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : ४५ बजे

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण