भीड जम्मा भएर होली खेल्न नपाइने, औपचारिक कार्यक्रममा पनि रोक | Khabarhub Khabarhub

भीड जम्मा भएर होली खेल्न नपाइने, औपचारिक कार्यक्रममा पनि रोक


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड गरेर  होली खेल्न निषेध गर्ने भएको छ ।

जिल्ला सुरक्षा समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भीड जम्मा भएर होली खेल्न निषेध गरेको हो ।

त्यसैगरी बैठकले काठमाडौंमा आयोजना गरिने सार्वजनिक कार्यक्रममा समेत रोक लगाउने भएको छ ।  पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खबरहबलाई जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको जनाएसँगै सरकारले कोरोनाको सम्भावित जोखिम रोक्न तीव्र तयारी थालेको छ ।

सरकारले कोरोनाको संक्रमणबाट जोगिन भीडभाडमा नजान तथा सभा-सम्मेलनको आयोजना नगर्न समेत अनुरोध गरिसकेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : ४५ बजे

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको

बुकीपाटन पुग्न पदमार्ग र काठेपुल निर्माण

बागलुङ– पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो ।

भान्सको निर्णायक मतले ट्रम्पले ल्याएको खर्च विधेयक सिनेटबाट पास

वाशिङटन – २४ घण्टा भन्दा लामो समय सिनेटमा छलफल भएपछि

म्याग्दीको ओखरबोटमा तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन