कोरोनाविरुद्ध काँग्रेसको सतर्कता अभियान घोषणा « Khabarhub

कोरोनाविरुद्ध काँग्रेसको सतर्कता अभियान घोषणा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसले कोरोना सङ्क्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतना अभियान थाल्ने घोषणा गरेको छ ।

ललितपुरमा पत्रकार सम्मेलन गरेर पार्टी र आबद्ध संस्थाहरुमार्फत विविध उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । विश्व स्वास्थ्य सङ्गठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर पार्टी एवं त्यससँग आबद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायत कार्यक्रम आजैदेखि लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

विश्वव्यापी रुपमा सङ्क्रमण फैलिइरहेको प्राण घातक कोरोना भाइरसबारे सरकार र समुदायका नाममा नेपाली काँग्रेसको १४ बुँदे अपिल कार्यान्वयनमा जोड दिँदै उनले विश्व स्वास्थ सङ्गठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा हाम्रा सबै प्रयासहरु जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रुपले केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए ।

त्रिभुवन विमानस्थलमार्फत सङ्क्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा भरपर्दा स्वास्थ्य जाँचको केन्द्र स्थापना गर्न र सङ्क्रमण भित्रिन नदिनेतर्फ गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।

उनले पार्टीको १४औँ महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु तथा समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरणलगायत काम भने सम्बन्धित समितिहरुमार्फत जारी रहने बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : ४५ बजे

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक