कोरोनाविरुद्ध काँग्रेसको सतर्कता अभियान घोषणा « Khabarhub

कोरोनाविरुद्ध काँग्रेसको सतर्कता अभियान घोषणा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसले कोरोना सङ्क्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतना अभियान थाल्ने घोषणा गरेको छ ।

ललितपुरमा पत्रकार सम्मेलन गरेर पार्टी र आबद्ध संस्थाहरुमार्फत विविध उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । विश्व स्वास्थ्य सङ्गठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर पार्टी एवं त्यससँग आबद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायत कार्यक्रम आजैदेखि लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

विश्वव्यापी रुपमा सङ्क्रमण फैलिइरहेको प्राण घातक कोरोना भाइरसबारे सरकार र समुदायका नाममा नेपाली काँग्रेसको १४ बुँदे अपिल कार्यान्वयनमा जोड दिँदै उनले विश्व स्वास्थ सङ्गठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा हाम्रा सबै प्रयासहरु जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रुपले केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए ।

त्रिभुवन विमानस्थलमार्फत सङ्क्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा भरपर्दा स्वास्थ्य जाँचको केन्द्र स्थापना गर्न र सङ्क्रमण भित्रिन नदिनेतर्फ गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।

उनले पार्टीको १४औँ महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु तथा समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरणलगायत काम भने सम्बन्धित समितिहरुमार्फत जारी रहने बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : ४५ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका