हावामा बाच्न सक्छ कोरोना भाइरस ? यस्ता छन् संक्रमणका लक्षण « Khabarhub

हावामा बाच्न सक्छ कोरोना भाइरस ? यस्ता छन् संक्रमणका लक्षण


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले लगभग विश्वभर फैलिएको छ ।

नेपालमा समेत कोरोनाको संक्रमितको संख्या फेला परेसंगै नेपालीहरुमा यसबारे त्रास उत्पन्न भएको छ । त्यसैले पनि आजकल मानिसमा कोरोनाका बिषयमा जान्न उत्सुकता रहने गरेको छ ।

तिनै उत्सुकताको आधारमा केहि कोरोना भाइरससंग सरोकार राख्ने जानकारी यस प्रकारका छन् ।

१. सीडीसी (Centers for Disease Control and Prevention) का अनुसार कोरोना भाइरस एकअर्काको सम्पर्कमा आउनासाथ फैलने गर्दछ । त्यसैले एकअर्कासंग कुरा गर्दा न्युनतम दुरी २ मिटर राख्नु पर्दछ ।

२. कोरोना भाइरसको शुरुवात खोकि र रुघाबाट हुने गर्दछ । कोरोनाबाट संक्रमित भएपछि सुख्खा खोकि आउन थाल्दछ । जसका कारण खोक्दा वा हाच्छ्यु गर्दा नाक मुख पाखुरा वा टिस्युले छोपेर मात्र गर्नुपर्दछ अन्यथा आसपासका ब्यक्तिमा पनि सर्ने संभावना हुन्छ ।

३. कुनै पनि सतह वा भुईमा समेत कोरोनाको भाइरस रहन सक्छन्, यस्ता सतहमा यी भाइरस एक सातासम्म जीवित रहन सक्ने भएकाले यस्ता छुने वा छोएपछि अनुहारमा छुने गर्नुहुदैन । यदि मानिसले नाक, मुख, आखाँ वा अनुहार हातले नछोएमा कोरोना सर्ने सम्भावना न्युन हुन्छ ।

४. आम भाइरस हावामा हुने पानीका ससाना कणमा पनि जीवित हुन सक्ने भएकाले ती रोगको संक्रमण हावाबाट हुने संभावना हुन्छ । तर कोरोना भाइरस हावामा लामो समयसम्म जीवित रहन सक्दैन । साथै मानिसको दिसा वा पिसाबबाट समेत कोरोना सर्छ भन्ने बिषय प्रमाणित भइसकेको छैन ।

५. मानिसबीच सामाजिक दुरी, मुखमा मास्क, अनुहार हातले नछुने तथा पटक पटक साबुनपानीले हात धुने गरेमा कोरोनाको संक्रमण हुने सम्भावना ९० प्रतिशतले कम हुन्छ । तर मास्कले कोरोनाको संक्रमणबाट बचाउन भन्दा पनि संक्रमित ब्यक्तिबाट अरुलाई हुनबाट बचाउँछ । त्यसैले संक्रमणकालसम्म सकेसम्म घरभित्रै रहन सकेमा कोरोनाको सर्ने सम्भावना धेरै हदसम्म न्युन हुन्छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : ५८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा