कपिलवस्तुमा भीषण आगलागी, ४२ घर रहेको पूरै बस्ती सखाप « Khabarhub

कपिलवस्तुमा भीषण आगलागी, ४२ घर रहेको पूरै बस्ती सखाप


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा भीषण आगलागी हुँदा ४२ घर जलेर नष्ट भएको छ ।

गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको घरमा छोई आगलागी शुरु भएको थियो । आगोले गाउँका पूरै घर जलेका छन् ।

गाउँको उत्तरदेखि शुरू भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो ।

आगोबाट कुनै पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।

आगलागीबाट करीब एक करोडको नोक्सान भएको स्थानीयवासीले बताएका छन् ।

अग्निपीडतको वास्तविक क्षति विवरण प्रहरीले संकलन गरिरहेको छ ।

अग्निपीडितहरुको राहतका लागि विजयनगर गाउँपालिकाले व्यवस्थापन गरिरहेको वडा नम्बर १ का वडाध्यक्ष इन्दर थारुले जानकारी दिए ।

कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकाले तौलिहवाको दमकल आउन ढिलाइ भएको थियो ।

आगलागीपछि पूरै गाउँ सखाप भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो । तौलिहवा र गुगौलिको दूरी करीब ५० किलोमिटर छ । सुख्खा मौसम सुरु भएसँगै तराई मधेसका क्षेत्रमा बर्षेनी आगलागीका घटना बढ्ने गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १२ : ५४ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित