लकडाउनको प्रभाव– मुसहर बस्तीमा बल्न छाड्यो चुल्हो « Khabarhub

लकडाउनको प्रभाव– मुसहर बस्तीमा बल्न छाड्यो चुल्हो


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डाक्नेश्वरी– सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका मोलीया सदाका घरमा तीन दिनदेखि चुल्हो बल्न सकेको छैन । दैनिक मजदूरी गरी परिवारको गुजारा चलाउँदै आएका मोलियाको लकडाउनका कारण मजदूरी नै बन्द भएपछि बालबच्चासहित परिवारका सदस्य भोकभोकै बस्न बाध्य छन् ।

‘लकडाउनका कारण करीब दुई सातादेखि सबै काम बन्द छ,’ मोलिया सदाले भनिन्, ‘मजदूरीको काम बन्द भएपछि पहिले मजदूरी गरेर जम्मा पारिएको अन्नपात लकडाउनको एक सातासम्म बसेर खाइयो, अब एक माना अन्न छैन, कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।’

घरमा अन्नपात नहुदाँ गत बुधवारदेखि चुलो नबलेका बालबच्चासँगै आफू भोकै बस्दै आएको उनले दुखेसो पोखे । मोलियाका घरमा उनीसहित ६ जनाको परिवार छ । मजदुरी बन्द भएपछि रोगभन्दा पनि भोकको चिन्ता बढ्को मोलियाको भनाइ छ ।

सोमनी सदाको परिवार पनि केही दिनदेखि भुजा खाएर दिन काट्दै आएको छ । ‘घरमा एक मुठी पनि चामल छैन,’ सोमनीले भनिन्, ‘ घरमा चामल छैन, थोरै मात्र भुजा रहेकाले त्यही खाएर गुजारा काटिरहेका छौं ।’

आफूहरुले भुजा खाएरै दिन काट्दा पनि बालबच्चाले भात माग्ने गरेको दुखेसो सुनाउँदै सोमनीले थनिन्, ‘बच्चाहरुले भोक लाग्यो, भात दिनून भनी रुने गरेका छन्, कहाँबाट ल्याएर भात ल्याएर खुवाउनू ? असाध्यै चिन्तामा डुबेका छौँ ।’ सोमनीका घरमा उहाँसँगै श्रीमान् र तीन छोराछोरी छन् ।

यो केवल मोलिया र सोमनीको मात्रै होइन बस्तीका अधिकांश परिवारको समस्या यस्तै छ । करीब ५० परिवारको उक्त बस्तीका सबैले मजदूरी गरेरै परिवार पाल्दै आएका छन् ।

कोभिड १९ को संक्रमण फैलिन सक्ने भन्दै सरकारले यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेपछि काम बन्द भई अधिकांश परिवारको चुल्हो बल्न बन्द भइसकेको छ ।
जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले लकडाउनका समयमा मजदूरी बन्द भएका श्रमिक तथा विपन्न परिवारलाई राहत दिइरहेको एफएम रेडियोबाट समाचार सुन्दा आफूहरुलाई पनि राहत मिल्छ कि भन्ने आशमा उनीहरु बसेका छन् ।

भूमिहीन सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका मुसहरको अवस्था अन्त्यन्तै कष्टप्रद रहेको स्थानीय अगुवाले बताए । शिक्षक विजय रायले भने, ‘लकडाउनभन्दा पहिले मजदूरी गरेर राम्रैसँग उनीहरुले गुजारा चलाउँदै आएका थिए तर मजदुरी नै बन्द भएपछि कोरोना भाइरसको त्राससँगै भोकमरीको मारमा परेका छन् ।’ आफूले डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख र वडाध्यक्षसँग भोकमरीको जानकारी गराए पनि अहिलेसम्म आश्वासनबाहेक केही पाउन नसकेको गुनासो रायले गरे ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १ : ०० बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले