लकडाउनका बीच ४५ दाताले गरे रक्तदान | Khabarhub Khabarhub

लकडाउनका बीच ४५ दाताले गरे रक्तदान


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा रगतको अभाव भएपछि मानव अधिकार तथा शान्ति समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को सहयोगमा सोही वडाको गोठाटार वाग्मती किनारस्थित गाईबाच्छा संरक्षणस्थलको चौरमा आयोजित कार्यक्रममा ४५ जना दाताले रक्तदान गरेको समाजका सभापति उत्तम पुडासैनीले जानकारी दिए ।

शनिबार जम्मा भएको ४५ पिन्ट रगत रक्त सञ्चार केन्द्र भक्तपुरले आकस्मिक रुपमा अस्पताल भर्ना भएका बिरामीलाई दिने जनाइएको छ ।

लकडाउनका कारण मानिस जम्मा हुन सक्ने अवस्था नहुँदा अस्पतालमा आकस्मिक सेवाका बिरामीलाई रगत अभाव भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रले पायक पर्ने स्थानमा गई रक्तदान गर्न सम्पूर्ण दातामा आह्वान गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १ : ४७ बजे

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक