लकडाउनका बेला पेट्रोल र डिजेलमा कालोबजारी गर्ने व्यापारी पक्राउ « Khabarhub

लकडाउनका बेला पेट्रोल र डिजेलमा कालोबजारी गर्ने व्यापारी पक्राउ


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिइ पेट्रोल, डिजेललगायतका  सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ ।

कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका घर भई चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्यूल सेन्टरका ३६ वर्षीय महेशकुमार चौधरीलाई पक्राउ गरिएको हो ।

उनले हालको बजार मूल्य पेट्रोल प्रतिलिटर रु ९६ मा बिक्री गर्नुपर्नेमा रु ११० मा बिक्री गरी बिल नदिएकाले कालोबजार ऐनअन्तर्गत मुद्दा चलाइएको सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

त्यस्तै लकडाउनको उल्लङ्घन गरी यात्रु बोकेको तीन वटा बलेरो जीपलाई नियन्त्रणमा लिई चालकलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ । जीपमा रहेका २४ जना यात्रुलाई भने लामोसाँघुस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु विभिन्न जिल्लाबाट मजदूरी गर्न आएका र बिनाअनुमति घर फर्कन लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १ : ५३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको