पहिलोपटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको प्रमाणित | Khabarhub Khabarhub

पहिलोपटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको प्रमाणित


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमै पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको ‘केस’ फेला परेको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्रै कोरोना संक्रमण देखिएको थियो ।

शनिबार भने कैलालीकी एक ३४ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती महिला यसअघि कोरोना संक्रमण देखिएका ३४ वर्षीय यवुककी आफन्त हुन् ।

चैत ८ गते दुबईबाट नेपाल आएका युवक स्वास्थ्यमा समस्या देखिएपछि ११ गते धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा नतिजा सकारात्मक (पोजेटिभ) आएको थियो ।

सेती प्रादेशिक अस्पतालका एक चिकित्सकका अनुसार ती ३४ वर्षीया युवकबाटै महिलामा पनि कोरोना सरेको हुन सक्छ ।

शनिबार मात्रै सुदूरपश्चिम प्रदेशका ३ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।

मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीनै जना ‘नयाँ’ संक्रमितको अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा पहिलोपटक गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको भने आइसोसेलनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  २ : ०६ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित