प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम « Khabarhub

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति कार्यक्रम सुरु गरेको छ । प्रदेशमा क्रियाशील पत्रकारहरूलाई खोजमूलक, अनुसन्धानमूलक र आलेखजन्य सामग्री उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो । 

लेखनवृत्ति प्रदानका लागि छुट्टै कार्यविधि बनाएर काम थालिएको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताइन् । चालु आर्थिक वर्षमा प्रदान गरिने लेखनवृत्तिका लागि इच्छुक पत्रकारहरूलाई आवेदन दिन गत आइतबार १५ दिने सूचना प्रकाशन गरिएको उनको भनाइ छ । 

लेखनवृत्ति कार्यक्रममा सहभागी हुनलाई प्रदेशभित्र सञ्चारमाध्यममा कार्यरत पत्रकार हुनुपर्ने प्रावधान राखिएको छ । कुनै सञ्चारमाध्यममा आबद्ध नभए पनि तीन वर्षदेखि पत्रकारितामा क्रियाशील रहेको स्वतन्त्र पत्रकारले पनि आवेदन दिन सक्ने प्रेस रजिष्ट्रारको कार्यालयले जनाएको छ । 

आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक विकास कार्यक्रम र पत्रकार लेखन वृत्ति कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८२ बमोजिम लेखनवृत्ति प्रदान गर्न लागिएको प्रेस रजिष्ट्रार भण्डारीले बताइन्  । लेखनवृत्ति कार्यक्रममा छापा, रेडियो, टेलिभिजन, अनलाइन र फोटो पत्रकारितामा सक्रिय पत्रकारलाई समेटिने भएको छ । 

लेखनवृत्ति कार्यक्रममा सहभागी हुन चाहने पत्रकारले कार्यविधिले तोकेबमोजिमको निवेदन, कार्यक्षेत्र, अनुभव र जिम्मेवारी खुल्ने विवरण, लेखन तथा प्रसारण गर्न चाहेको विषयको ३०० शब्दसम्मको अवधारणा, पत्रकार परिचयपत्रको प्रतिलिपि स्वतन्त्र पत्रकारको हकमा ३ वर्ष क्रियाशील रहेको प्रमाण, नागरिकता र स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने जनाइएको छ । 

छनोट भएका पत्रकारले कार्यविधिले तोकेको समयभित्र खोजमूलक सामग्री तयार गरी प्रकाशन वा प्रसारण गर्नुपर्ने प्रेस रजिष्ट्रारको कार्यालयले जनाएको छ । छनोट हुने पत्रकारलाई प्रतिव्यक्ति बढीमा रु २५ हजार प्रदान गरिने भएको छ । विज्ञहरूको समितिले लेखनवृत्ति प्राप्त गर्ने पत्रिकाहरूको नाम छनोट गर्नेछ ।  

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ६ : ४१ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार