चिकित्सकलाई धम्की दिने २ जना युवक पक्राउ « Khabarhub

चिकित्सकलाई धम्की दिने २ जना युवक पक्राउ


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुल्लु– दैलेखको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन् ।

चिकित्सक दिपक सुवेदी सहितको स्वास्थ्यकर्मीलाई शुक्रबार स्वास्थ्य संस्था छोड्न धम्की दिने गणेश थापा र दिनेश चन्दलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय नौमुलेले जनाएको छ । उनीहरुले विरामीलाई किन उपचार नगरेको भन्दै चिकित्सकमाथि धम्की दिएको बताइएको छ ।

नौमुले गाउँपालिकाको आफ्नै घरमा लुकेरे बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको दैलेख जिल्लाका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

कोरोनो भाइरस (कोभिड –१९ ) को सम्भावित जोखिम हुन नदिन सो स्वास्थ्य सस्थाको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । ती युवाले आफूहरुलाई अभद्र व्यवहार गरी स्वास्थ्य सस्था छाड्न धम्की दिएको चिकित्सक सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  २ : २० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो