चिकित्सकलाई धम्की दिने २ जना युवक पक्राउ « Khabarhub

चिकित्सकलाई धम्की दिने २ जना युवक पक्राउ


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुल्लु– दैलेखको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन् ।

चिकित्सक दिपक सुवेदी सहितको स्वास्थ्यकर्मीलाई शुक्रबार स्वास्थ्य संस्था छोड्न धम्की दिने गणेश थापा र दिनेश चन्दलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय नौमुलेले जनाएको छ । उनीहरुले विरामीलाई किन उपचार नगरेको भन्दै चिकित्सकमाथि धम्की दिएको बताइएको छ ।

नौमुले गाउँपालिकाको आफ्नै घरमा लुकेरे बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको दैलेख जिल्लाका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

कोरोनो भाइरस (कोभिड –१९ ) को सम्भावित जोखिम हुन नदिन सो स्वास्थ्य सस्थाको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । ती युवाले आफूहरुलाई अभद्र व्यवहार गरी स्वास्थ्य सस्था छाड्न धम्की दिएको चिकित्सक सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  २ : २० बजे

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको

ओली–लेखक पक्राउबारे हर्क साम्पाङले भने– सरकारले प्रतिशोधको राजनीति गर्‍याे

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा

सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध

सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था