१४ सय ४१ को कोरोना परीक्षण गर्दा ९ जनामा पोजेटिभ, परीक्षण नै नगरिएका १२६ जना ‘रेड जोन’मा « Khabarhub

१४ सय ४१ को कोरोना परीक्षण गर्दा ९ जनामा पोजेटिभ, परीक्षण नै नगरिएका १२६ जना ‘रेड जोन’मा


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएका ३ जनालाई सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राखिएको जनाएको छ ।

प्रयोगशालामा परीक्षणको क्रममा क्वारेन्टाइनमा रहेका २ जना पुरुष र एकजना घरमै रहेकी महिलामा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार पुष्टि भएका नयाँ संक्रमित मुम्बइबाट नेपाल फर्किका कैलालीका २१ वर्षीया पुरुष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीया पुरुष र कैलालीको धनगढी घर भएकी ३४ वर्षीया महिला गरी तीनै जनालाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।

कैलालीकी ३४ वर्षीया महिला यसअघि कोरोना संक्रमण देखिएर सेती प्रादेशिक अस्पतालमा उपचारत व्यक्तिकी आफन्त (भाउजु) हुन् । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा अहिले ४ जना कोरोना संक्रमितलाई राखिएको छ ।

यस्तै काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपकल तथा सरुवा रोग अस्पतालमा २ जना र २ जना कोरोना संक्रमित बाग्लुङको अस्पतालमा उपचारत छन् । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएकोमा १ जना भने निको भएर घर गइसकेका छन् ।

६९ जना कोरोनाको आशंकामा आइसोलेसनमा

कोरोना संक्रमणको आशंकाका देशभरका विभिन्न अस्पतालमा ६९जना व्यक्ति आइसोलेसनमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन माफर्त स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौं उपत्यकामा १५ र उपत्यका बाहिर ५४ जना गरी ६९ जना आइसोलेसनमा रहेका जानकारी दिए ।

डा देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १४ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्येमा हालम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमति मध्ये एकजना निको भइसकेका छन् भने ८ जना उपचारत छन् ।

प्रवक्ता देवकोटाले चितवन र बुटवलमा पनि भोलीदेखि कोरोना परीक्षण शुरु हुने पनि बताए । देवकोटाका अनुसार काठमाडौं उपत्यका बाहिर जनकपुर, धरान, हेटौटा, पोखरा र सुर्खेतमा पनि कोरोना परीक्षण शुरु भएको छ ।

परीक्षण नै नगरिएका १ सय २६ जना ‘रेड जोनमा’

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको अति उच्च जोखिम अथार्त ‘रेड जोन’मा १ सय २६ जनामा रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता देवकोटाले नयाँ वेबसाइड तथा मोवाइल एपबाट गरिएको ‘सर्वेक्षण’का क्रममा १ सय २६ जना रेड जोनमा रहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अगाडि कोरोना भाइरस (कोभिड–१९)को लक्षण पहिचान गर्ने एउटा छुट्टै वेवसाइट र मोबाइल एप प्रयोगमा ल्याएको थियो । हालसम्म ६ हजार ५ सय २७ जनाले वेवसाइट र मोबाइल एप ‘प्रयोग’ गरी आफूहरुमा देखिएको लक्षण उल्लेख गरेका छन् । जसमध्येका १ सय २६ जनामा कोरोना संक्रमणको सबै लक्षण मिल्न गएको प्रवक्ता देवकोटाले बताए ।

देवकोटाका अनुसार स्वास्थ्य मन्त्रालयले अहिले कोरोना भाइरस संक्रमणको लक्षण देखिएका १ सय २६ जनाको खोजी गइरहेको छ । उनीहरुको खोजी पछि सबैको नमूना परीक्षणका लागि स्वाव संकलन गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ४ : ५८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर