काठमाडौंमहानगरले सरसफाइकर्मीलाई पनि 'पीपीई' प्रदान गर्ने | Khabarhub Khabarhub

काठमाडौंमहानगरले सरसफाइकर्मीलाई पनि ‘पीपीई’ प्रदान गर्ने


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले फोहोरको प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर सफाइकर्मीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) उपलब्ध गराउने बताएका छन् ।

‘पहिले हामी औषधि छर्ने काममा खटिने, ल्याण्डफिल साइटमा खटिने, अस्पतालजन्य फोहोर संकलनमा खटिने ५० जनालाई दिन्छौं । यसका लागि वातावरण व्यवस्थापन विभागबाट काम शुरु भइसकेको छ ।’, मेयर शाक्यले भने, ‘लकडाउनका समयमा महामारीबाट बच्न सबै मानिस घरमै बसेका बेला पनि सफाइकर्मीहरु काममै हुनुहुन्छ । उहाँहरुलाई जोगाउनु मेरो जिम्मेवारी हो ।’

कोभिड १९ को महामारीका समयमा अत्यावश्यक सेवामा काम गर्नेहरुका लागि सरकारले २५ लाख रुपैयाँको बीमा गरिसके उनले जानकारी दिए ।

काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकासँगको साझेदारीमा गैर-सरकारी संस्था गुथिले ५०० सय सफाइकर्मीका लागि व्यक्तिगत सुरक्षात्मक सामाग्री उपलब्ध गराउने भएको छ ।

वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन संघ नेपालको सहकार्यमा उपलब्ध हुने सामाग्रीको नमूना गुथिका प्राबिधिक सल्लाहकार प्रकाश अमात्यले महानगरका प्रमुख शाक्यलाई शुक्रबार हस्तान्तरण गरेका थिए ।

काठमाडौं महानगरमा करीब ९५० कर्मचारी सरसफाइमा काम गर्छन् । फोहरमैला व्यवस्थापन संघ नेपालको तथ्याङ्ककाअनुसार काठमाडौं उपत्यकामा ६५ वटा सरसफाई कम्पनी छन् । यी कम्पनीअन्तर्गत करीब २ हजार ५०० सरसफाईकर्मी काम गर्छन् । देशभरिको करीब ६ हजार व्यक्ति सरसफाइमा काम गर्ने अनुमान छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ५ : ५७ बजे

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते

ढोरपाटन– बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते

मान्छेको जीवन आफ्नो लागि नभइ अरुको लागि समर्पण गर्नुपर्छ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले मान्छेको पहिचान असल

स्कुल सञ्चालकले कालो ब्यानरसहित सडकमा निकाले बस (तस्बिरहरू)

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा

मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

चितवन– आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई

गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित