बजार भाउभन्दा बढी मूल्य लिने व्यापारी पक्राउ « Khabarhub

बजार भाउभन्दा बढी मूल्य लिने व्यापारी पक्राउ


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिई सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ ।

कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका घर भई चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्यूल सेन्टरका ३६ वर्षीय महेशकुमार चौधरीलाई पक्राउ गरिएको हो ।

उनले हालको बजार मूल्य पेट्रोल प्रतिलिटर रु ९६ मा बिक्री गर्नुपर्नेमा रु ११० मा बिक्री गरी बिल नदिएकाले कालोबजार ऐनअन्तर्गत मुद्दा चलाइएको सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

त्यस्तै लकडाउनको उल्लङ्घन गरी यात्रु बोकेको तीन वटा बलेरो जीपलाई नियन्त्रणमा लिई चालकलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

जीपमा रहेका २४ जना यात्रुलाई भने लामोसाँघुस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको छ । उनीहरु विभिन्न जिल्लाबाट मजदूरी गर्न आएका र बिनाअनुमति घर फर्कन लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ८ : ०७ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार