कोरोना त्रासका बीच मस्जित खोल्ने इरानको तयारी « Khabarhub

कोरोना त्रासका बीच मस्जित खोल्ने इरानको तयारी


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान- इरानले थप कोरोनाभाइरस सङ्क्रमणका घटना नदेखिएका स्थान वा शहरका मस्जिदलाई खुला गर्ने तयारी गरेको छ ।

राष्ट्रपति हसन रौहानीले एक सम्बोधन मार्फत मस्जितलाई खुल्ला गर्ने बताएका हुन् ।

कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभावित मुलुकमध्ये एक इरानले पछिल्लो समय नयाँ सङ्क्रमण नदेखिएका स्थानमा प्रार्थनाका लागि मस्जिदलाई खुला गर्ने बताएको हो ।

स्वास्थ्यमन्त्रालयले कोरोनाभाइरसको सङ्क्रमणको बढी जोखिम रहेका र कम जोखिम रहेका, सङ्क्रमित र सङ्क्रमणका कारण मृत्यु धेरै भएका स्थानलाई सेतो, पहेँलो र रातो क्षेत्रमा वर्गीकरण गरेको र स्थान अनुसार बन्दाबन्दीलाई केही खुकुलो पार्ने तयारी गरेको रैहानीले टेलिभिजनमार्फत गरेको सम्बोधनमा बताएका छन् ।

शुक्रबारको प्रार्थनालाई केही मस्जिदमा पुनः सञ्चालन गरिनेछ । तर सबै कदम स्वास्थ्य अधिकारीले निर्धारण गरेको नियमको पालना र सम्मान गर्ने शर्तमा मात्रै लिइने छ ।

राष्ट्रपतिले देशका कतिपयस्थानमा लकडाउनलाई खुकुलो पार्ने बताउँदै भने,“सङ्क्रमण नियन्त्रणमा आउँदासम्म मस्जिदमा सामाजिक दूरी कायम गर्नुपर्ने नियमलाई कडाईका साथ पालना गर्नुपर्नेछ ।”

इरानमा ९७ हजार ४२४ जना कोभिड–१९ बाट सङ्क्रमित रहेका छन् भने छ हजार १५६ जनाको आइतबारसम्म निधन भईसकेको छ । इरानको कोम सहरमा सबैभन्दा पहिले फेब्रुअरी १९ मा सङ्क्रमित भेटिएको थियो । इरान सरकारले आगामी अप्रिल ११ देखि औद्योगिक तथा व्यवसायिक गतिविधिलाई सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : २३ बजे

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई