कोरोना भाइरस : ३५ लाखभन्दा बढी संक्रमित, २ लाख ४८ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरस : ३५ लाखभन्दा बढी संक्रमित, २ लाख ४८ हजारको मृत्यु


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ४८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ४८ हजार ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ३ हजार ४३१ जनाको मृत्यु भएको छ भने ८० हजार ८९७ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको कुल संख्या ३५ लाख ६२ हजार २६९ पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ५६६ पुगेको हो ।

इटालीमा एकै दिन १७४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुगेको छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४७ हजार १२२ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएको छ भने १ हजार ५३३ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २६४ पुगेको छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ४० हजार ६०३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७५  हजार १२२ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १६ हजार ६०४, दक्षिण अमेरिकी मुलुकहरुमा १० हजार ८३५ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुकहरुमा १ हजार ८०० र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ८ : ०९ बजे

अवतरणका क्रममा विमान दुर्घटना, दुई जनाको मृत्यु, ११ घाइते

क्यानबेरा– दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित पाराफिल्ड विमानस्थलमा अवतरण गर्ने क्रममा भएको

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण