कतारमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ५ सय नाघ्यो « Khabarhub

कतारमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ५ सय नाघ्यो


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा कोरोना संक्रमितको संख्या १५ हजार ५ सय नाघेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ७९ जना नयाँमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै संक्रमितको संख्या १५ हजार ५ सय ५१ पुगेको छ ।

विश्वका २१२ देशमा फैलिएको कोरोनाको महामारी कतारमा पनि बढ्दै गएको छ । तर कतारमा कोरोना संक्रमित दर तीब्र देखिए पनि मृत्युदर भने कम छ ।

हालसम्म कतारमा संक्रमितमध्ये १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १ हजार ६ सय ६४ जना उपचारपछि निको भएका छन् ।

कतारमा करिब ४ लाखको हारहारीमा नेपाली श्रमिक रहेको बताइन्छ । ठूलो संख्यामा नेपाली श्रमिकहरु रहेको हुँदा कतारस्थित नेपाली दूतावासले उनीहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ०० बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी