कोरोना जितेका बेलायती प्रधानमन्त्री भन्छन्– डाक्टरहरुले मलाई मृत घोषणा गर्ने तयारी गरिसकेका थिए | Khabarhub Khabarhub

कोरोना जितेका बेलायती प्रधानमन्त्री भन्छन्– डाक्टरहरुले मलाई मृत घोषणा गर्ने तयारी गरिसकेका थिए


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमण भएर उपचारका क्रममा रहँदा डाक्टरहरुले आफूलाई मृत घोषणा गर्ने तयारी गरिसकेको बताएका छन् ।

बेलायतको ‘द सन’ पत्रिकालाई दिएको अन्तर्वार्तामा आफ्नो अस्पताल बसाइको अनुभव सुनाउँदै प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुले आफूलाई मृत घोषणा गर्नका लागि तयारी गरिसकेको बताएका हुन् ।

चिकित्सकहरुले आफूलाई कैयौं लिटर अक्सिजन दिएर बचाएको पनि जोन्सनले खुलाएका छन् । कोरोना संक्रमण देखिएका प्रधानमन्त्री जोन्सन ३ हप्ता अगाडि मात्रै स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका थिए ।

प्रधानमन्त्री जोन्सनलाई मार्च २६ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उनलाई सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकै दोस्रो दिन उनलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको थियो ।

‘सेन्ट थोमस अस्पतालको आईसीयूमा पुगेपछि मलाई धेरै अक्सिजन दिइयो । त्यति गर्दा पनि मेरो स्वास्थ्यमा खासै प्रगति देखिएन,’ प्रधानमन्त्री जोन्सनले आफ्नो अस्पताल अनुभव सुनाउँदै भनेका छन्, ‘म त्यो एकदमै कठिन समयलाई अस्वीकार गर्न सक्दिन । मेरो हालत ठीक थिएन । डाक्टरहरु केही नराम्रो (मृत्यु) भइहाल्यो भने के गर्ने भनेर विकल्पहरुबारे सोचिरहेका थिए ।’

प्रधानमन्त्री जोन्सनले आफ्नो स्वास्थ्य अवस्था हेर्दा अस्पताल बसाइको क्रममा आफू धेरै निराश भएको पनि बताएका छन् । ‘मेरो अवस्था केही दिनमै यति बिग्रियो भनेर म आफैंलाई विश्वास गर्न गाह्रो भयो । मलाई त्यतिबेलाको याद छ कि म निकै निराश भइसकेको थिएँ,’ जोन्सनले भनेका छन्, ‘सबैभन्दा खराब स्थिति त्यतिबेला आयो, जतिबेला ५०–५० को अवस्था देखियो । डाक्टरहरुले मेरो विन्डपाइप मुनि एक ट्यूब राखेका थिए । मैले त्यसबेला सोचेँ कि यो रोगका लागि कुनै औषधि छैन र कुनै उपचार पनि छैन । म कसरी यो रोगबाट ठीक हुन सकुँला भन्ने सो आइरह्यो ।’

उपचारपछि निको भएर अस्पतालबाट फर्किएपछि आफूले आफैंलाई भाग्यमानी ठानेको प्रधानमन्त्री जोन्सनको भनाइ छ । ‘म धेरै भाग्यमानी हुँ, किनभने मलाई अहिले ठीक भएको छ । तर, मजस्तै रोग लागेका धेरै पीडित अझै उपचारमै छन् ।’

कोरोना संक्रमण देखिएपछि केही दिन सेल्फ क्वारेन्टाइनमा बसेका प्रधानमन्त्री जोन्सन स्वास्थ्य अवस्था खराब हुँदै गएपछि अस्पताल भर्ना भएका थिए ।

उनी १२ अप्रिपलमा अस्पतालबाट डिस्चार्ज भएका थिए । त्यसअघि उनी ९ अप्रिलसम्म अस्पतालको आईसीयूमा थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ५९ बजे

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन– नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती

सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो 

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को

गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा

वीरगञ्ज– बाराको फेटाबजार नजिकै गण्डक नहर किनारमा अतिक्रमण हुँदा रौतहटका किसान

टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना घाइते

धनकुटा– धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना