आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत कृष्ण पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ मार्च १४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : आजको समय राम्रो छ। आम्दानी हुनेछ। चिट्ठा पर्ने योग छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ।

वृष : दिन राम्रो छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा रमाइलो भेटघाट र छलफल हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत भएर काम गर्नुपर्ने दिन छ।

मिथुन : दैनिकी राम्रो छ। आज पठनपाठनमा मन जानेछ। हराएको सामान भेट्न सकिन्छ। माया मारेको धन हात लाग्ने दिन छ। सुरुवात गरेका काम नियमसंगत भए सफलता मिल्नेछ। परिवारका बौद्धिक सदस्यसँग मिलेर काम गर्नु राम्रो हुन्छ।

कर्कट : दिन सामान्य छ। पुरानो रोगको प्रकोप बढ्ने जोखिम छ। खानपानमा ख्याल गर्नुपर्ला। आफन्तबाट अपमानित हुने योग छ। गुरुको माया पाउने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह : दैनिकी राम्रो छ। प्रगति गर्ने समय आएको छ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले मन खुशी हुनेछ। परिवारमा भने पर्ख र हेरको अवस्था बन्नसक्छ। राज्यबाट भयको जोखिम छ।

कन्या : समय राम्रो छ। श्रम गरेको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनसक्छ। परिवारसँगको सम्बन्धले उत्साह थप्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। स्वास्थमा लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ। सामाजिक क्षेत्रमा विरोध गर्नेहरु सक्रिय भएकाले सचेत भएर काम गर्नु राम्रो हुन्छ।

वृश्चिक : आज ठूलो काममा हात नलगाउनु उचित हुनेछ। सामाजिक काम गर्दा सचेत बन्नुपर्नेछ। परिवार र प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

धनु : आर्थिक अवस्था सबल बन्नेछ। लगानीको क्षेत्रमध्ये शिक्षामा फाइदा हुनेछ। बोलीको प्रभाव रहनेछ। परिवारको साथ र माया मिल्नेछ।

मकर : तपाईंलाई सबैले शंकाको दृष्टिले हेर्ने छन्। बोलीमा नम्रता आवश्यक छ। अरुको सेवा गर्ने मौका मिल्नसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : झैझगडा हुन सक्ने भएकाले आज थोरै मात्र बोल्नु उपयुक्त हुन्छ। सञ्चित धनको खर्च हुने योग छ। आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ।

मीन : आर्थिक क्षेत्रमा उन्नति र प्रगति हुनेछ। बोल्दा सोच्नु राम्रो हुन्छ। सामाजिक सेवा गर्ने मौका मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनसक्छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ५ : २६ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान